धनुषा/फागुन ४ गते। अन्तर प्रदेश सहायक कर्मचारी तथा संघीय लोकसेवा आयोगको २०७६ सालको विज्ञापनबाट सिफारिस भई स्थानीय तहमा चौथो तहमा नियुक्ति भएका कर्मचारीहरूले मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्।
आन्दोलित कर्मचारीहरूले स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ संशोधन गर्नुपर्ने, २०७६ सालको विज्ञापनबाट सिफारिस भई चौथो तहमा कार्यरत कर्मचारीलाई पाँचौं तहमा बढुवा गर्नुपर्ने तथा अन्तर प्रदेश सरुवाको व्यवस्था मिलाउनुपर्ने माग अघि सारेका छन्।
उनीहरूले आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्।





















Discussion about this post