धनुषा/फागुन २ गते। मैथिली विकास कोष को आयोजनामा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२’ आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म जनकपुरधाम मा आयोजना हुने भएको छ।
यसअघि २०७३, २०७५, २०७८ र २०८० सालमा महोत्सवका चार श्रृंखला सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यसपटकको महोत्सवमा कला, साहित्य, राजनीति, समाज र इतिहासलगायत करिब २० वटा विभिन्न विषयमा विमर्श गरिनेछ।

महोत्सव अन्तर्गत चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, मिथिला भोजन प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। साथै नेपाल र भारतका विद्वान, साहित्यकार, गायक–गायिका तथा नाट्य समूहहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
महोत्सव अवधिभर मिथिला चित्रकला कार्यशाला, कविता वाचन, वक्तृत्व प्रतियोगिता, लोकनृत्य, बहुरूपिया, सडक नाटकजस्ता आकर्षण रहने अध्यक्ष चौधरीले बताए । साथै भाषा, साहित्य, समाज र समसामयिक विषयमा बहस तथा विचार–विमर्शका कार्यक्रम समेत आयोजना गरिने कोषले जनाएको छ।
यस किसिमको महोत्सवले जनकपुरधामलाई सांस्कृतिक तथा पर्यटन केन्द्रका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास आयोजकको छ। कोषले स्थानीयवासी, कलाकार, बुद्धिजीवी र सरोकारवालालाई महोत्सव सफल बनाउन सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।
फागुन ५ गते मैथिली विकास कोषको प्राङ्गणमा हुने महोत्सव अन्तर्गत विहान ८ बजे रंगभूमि मैदानबाट शोभा यात्रा एवं झाँकी प्रदर्शन , दिउसो १ बजे उद्घाटन सत्र, ४ बजे देखी साढे पाँच बजे सम्म उठलै किए विहाडि विषय माथि विमर्श कार्यक्रम र साँझ ५ बजे देखी ७ बजे सम्म मिनापको प्रस्तुती छुतहा घैल नाटक प्रदर्शन एवं सो पछि साँस्कृति कार्यक्रमको आयोजना हुने छ ।
चार दिवसीय महोत्सवमा नेपाल भारतका विभिन्न नाट् समूहद्वारा पाँच वटा नाटक प्रदर्शन हुनेछ भने १८ वटा शिर्षकमा नेपाल र भारतका विद्वानहरु सहित विमर्ष कार्यक्रमको आयोजन हुने कोषका अध्यक्ष चौधरीले बताएका छन।
महोत्सवका प्रमुख आकर्षणमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा , बिद्यार्थी हरुको बिच हुने बिभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम र उद्घाटन समारोह रहेका छन्। आयोजकले महोत्सव सफल बनाउन सञ्चारकर्मी, साहित्यकार तथा सर्वसाधारणको सहयोगको अपेक्षा गरेको छ।
जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने
धनुषा/फागुन २ गते। मैथिली विकास कोष को आयोजनामा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०२६’ आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म जनकपुरधाम मा आयोजना हुने भएको छ।
आज आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कोषका अध्यक्ष जिवनाथ चौधरी ले महोत्सवको तयारीबारे जानकारी गराएका हुन्। उनका अनुसार महोत्सवको पाँचौँ श्रृंखला शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेश तथा जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा आयोजना हुन लागेको हो।
यसअघि २०७३, २०७५, २०७८ र २०८० सालमा महोत्सवका चार श्रृंखला सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यसपटकको महोत्सवमा कला, साहित्य, राजनीति, समाज र इतिहासलगायत करिब २० वटा विभिन्न विषयमा विमर्श गरिनेछ।
महोत्सव अन्तर्गत चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, मिथिला भोजन प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। साथै नेपाल र भारतका विद्वान, साहित्यकार, गायक–गायिका तथा नाट्य समूहहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
महोत्सव अवधिभर मिथिला चित्रकला कार्यशाला, कविता वाचन, वक्तृत्व प्रतियोगिता, लोकनृत्य, बहुरूपिया, सडक नाटकजस्ता आकर्षण रहने अध्यक्ष चौधरीले बताए । साथै भाषा, साहित्य, समाज र समसामयिक विषयमा बहस तथा विचार–विमर्शका कार्यक्रम समेत आयोजना गरिने कोषले जनाएको छ।
यस किसिमको महोत्सवले जनकपुरधामलाई सांस्कृतिक तथा पर्यटन केन्द्रका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास आयोजकको छ। कोषले स्थानीयवासी, कलाकार, बुद्धिजीवी र सरोकारवालालाई महोत्सव सफल बनाउन सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।
फागुन ५ गते मैथिली विकास कोषको प्राङ्गणमा हुने महोत्सव अन्तर्गत विहान ८ बजे रंगभूमि मैदानबाट शोभा यात्रा एवं झाँकी प्रदर्शन , दिउसो १ बजे उद्घाटन सत्र, ४ बजे देखी साढे पाँच बजे सम्म उठलै किए विहाडि विषय माथि विमर्श कार्यक्रम र साँझ ५ बजे देखी ७ बजे सम्म मिनापको प्रस्तुती छुतहा घैल नाटक प्रदर्शन एवं सो पछि साँस्कृति कार्यक्रमको आयोजना हुने छ ।
चार दिवसीय महोत्सवमा नेपाल भारतका विभिन्न नाट् समूहद्वारा पाँच वटा नाटक प्रदर्शन हुनेछ भने १८ वटा शिर्षकमा नेपाल र भारतका विद्वानहरु सहित विमर्ष कार्यक्रमको आयोजन हुने कोषका अध्यक्ष चौधरीले बताएका छन।
महोत्सवका प्रमुख आकर्षणमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा , बिद्यार्थी हरुको बिच हुने बिभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम र उद्घाटन समारोह रहेका छन्। आयोजकले महोत्सव सफल बनाउन सञ्चारकर्मी, साहित्यकार तथा सर्वसाधारणको सहयोगको अपेक्षा गरेको छ।

Discussion about this post