nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भ्रष्टाचार नियन्त्रणका लागि नैतिकता र सदाचार आवश्यक : प्रदेश प्रमुख डा. कर्ण

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २८, २०८२, १०:३० मध्यान्ह
भ्रष्टाचार नियन्त्रणका लागि नैतिकता र सदाचार आवश्यक : प्रदेश प्रमुख डा. कर्ण

धनुषा/माघ २८ गते। मधेश प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्र लाभ कर्णले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिमा नैतिकता तथा सदाचारको विकास अपरिहार्य रहेको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिकोत्सवको अवसरमा आयोगको बर्दिबासस्थित कार्यालयद्वारा जनकपुरधाममा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अख्तियारको दुरुपयोग रोक्न आयोगले खेलेको भूमिकाको सराहना गरे। मुलुकमा सुशासन र समृद्धि हासिल गर्न भ्रष्टाचार नियन्त्रण अत्यावश्यक भएको उनको भनाइ थियो।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकारले सुशासनमार्फत समृद्धि र विकासको पक्षमा काम गर्न चाहँदा पनि आयोगबाट साना–साना विषयमा हुने पत्राचारका कारण कर्मचारीहरू काम गर्न डराउने अवस्था सिर्जना भएको बताए। उनले आवश्यक समन्वय र स्पष्ट कार्यदिशा भएमा सेवा प्रवाह अझ प्रभावकारी बन्ने धारणा राखे।

सभामुख रामआशिष यादवले अख्तियारप्रतिको जनविश्वास बढ्यो वा घट्यो भन्ने विषयको मूल्याङ्कन स्थापना दिवसका अवसरमा गर्दै त्यसैअनुसार नीति निर्माण गर्नुपर्नेमा जोड दिए। उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश टेक नारायण कुँवरले मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य तथा स्थानीय तहसम्बन्धी धेरै मुद्दा विशेष अदालतमा पर्ने गरेको अनुभव सुनाउँदै यसमा सुधार आवश्यक रहेको बताए।

मधेश प्रदेशका प्रमुख सचिव कमल प्रसाद भट्टराईले सुशासनका लागि कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र सार्वजनिक खरिद प्रक्रियामा विशेष ध्यान दिन आग्रह गरे। कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, अख्तियारको बर्दिबासस्थित कार्यालयका प्रमुख राम बहादुर कुरुवाङ्ग तथा उप–सचिव प्रकाश पोखरेललगायतले पनि धारणा व्यक्त गरेका थिए।

सोही अवसरमा प्रदेश प्रमुख डा. कर्णले आयोगको बर्दिबास कार्यालयका नायव सुब्बा सुरेश कुमार बराल, शाखा अधिकृत अरुण कुमार बराल तथा प्रहरी निरीक्षक सञ्जीव सुवाललाई ‘अख्तियार सेवा पुरस्कार’ प्रदान गरे। कार्यक्रममा आयोगको बर्दिबास कार्यालयमा गत वर्ष परेका २ हजार ५ सय २५ उजुरीमध्ये १ हजार ७ सय १३ उजुरी फर्छ्यौट हुन बाँकी रहेको जानकारी गराइएको थियो।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!