nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बहुसूचक सर्वेक्षण २०८१/८२ सार्वजनिक : मातृ–शिशु स्वास्थ्यमा सुधार, पूर्वप्रसूति जाँच बढ्दो

गिरिजानन्द साह गिरिजानन्द साह
माघ २६, २०८२, १:५० मध्यान्ह
बहुसूचक सर्वेक्षण २०८१/८२ सार्वजनिक : मातृ–शिशु स्वास्थ्यमा सुधार, पूर्वप्रसूति जाँच बढ्दो

धनुषा। राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला बालबालिका तथा घरपरिवारको अवस्था सम्बन्धी राष्ट्रिय तथा प्रदेशस्तरीय सूचक उपलब्ध गराउने उद्देश्यले यो सर्वेक्षण सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएको यो सर्वेक्षण नेपालमा गरिएको चौथो बहुसूचक सर्वेक्षण हो। प्रतिवेदन अनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष उमेर नपुग्दै मृत्यु हुने गरेको छ। त्यस्तै पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति एक हजार जीवित जन्ममा ३१ रहेको छ भने नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा १७ रहेको देखिएको छ ।

प्रदेशगत रूपमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २६ र सबैभन्दा कम बागमती प्रदेशमा १० रहेको छ । शिशु मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ३८ र बागमती प्रदेशमा सबैभन्दा कम १७ रहेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिम प्रदेशमा ४८ र गण्डकी प्रदेशमा सबैभन्दा कम २० रहेको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षण अनुसार ९६ दशमलव ७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको पहुँच पुगेको छ । विद्युत् पहुँच सबैभन्दा बढी गण्डकी प्रदेशमा ९९ दशमलव ५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ८० दशमलव ८ प्रतिशत रहेको छ। टेलिफोन सेवाको पहुँच ९५ दशमलव ५ प्रतिशत घरपरिवारमा पुगेको छ। इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने घरपरिवारको संख्या ८२ प्रतिशत रहेको छ।

१५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७६ दशमलव ६ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ भने ७२ दशमलव ७ प्रतिशतले पछिल्ला तीन महिनामा मोबाइल प्रयोग गरेका छन् । सोही उमेर समूहका पुरुषमध्ये ९० दशमलव ४ प्रतिशतसँग मोबाइल फोन रहेको र ७८ दशमलव ७ प्रतिशतले हालै मोबाइल प्रयोग गरेको देखिएको छ ।

सर्वेक्षणअघि एक महिनामा ५ दशमलव १ प्रतिशत महिलाहरू र ४१ दशमलव ८ प्रतिशत पुरुषहरूले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो। १५ वर्षभन्दा अगाडि नै ७ दशमलव ६ प्रतिशत पुरुष र २ दशमलव १ प्रतिशत महिलाले चुरोट वा बिँडी सेवन सुरु गरेको तथ्यांकले देखाएको छ ।

कूल प्रजनन दर अनुसार प्रति महिला औसत १ दशमलव ९ जीवित सन्तान जन्मिने गरेको छ। १५ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूमा प्रति एक हजार किशोरीमा ४८ जीवित जन्म भएको छ। २० देखि २४ वर्ष उमेर समूहका ११ दशमलव २ प्रतिशत महिलाले १८ वर्षभन्दा अगाडि नै सन्तान जन्माएको पाइएको छ ।

हालै विवाहित १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ३५ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै उपाय प्रयोग गरेका छन् । ५५ दशमलव २ प्रतिशत महिलाले आधुनिक परिवार नियोजन सेवाबाट सन्तुष्टि व्यक्त गरेका छन् ।

सर्वेक्षणभन्दा दुई वर्षअघिसम्म सन्तान जन्माएका महिलामध्ये ८५ प्रतिशतले कम्तीमा चार पटक पूर्वप्रसूति जाँच गराएका छन् । ९० दशमलव ५ प्रतिशतले स्वास्थ्य संस्थामा, ९१ दशमलव ४ प्रतिशतले दक्ष प्रसूतिकर्मीबाट र २५ दशमलव ३ प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएका छन् ।

पाँच वर्षमुनिका बालबालिकामध्ये २४ दशमलव ३ प्रतिशत तौल कमी (लिखुरे) र ३१ दशमलव ५ प्रतिशत उचाइ कमी (पुड्को) रहेका छन् । लिखुरे बालबालिका मधेस प्रदेशमा सबैभन्दा बढी ३३ दशमलव २ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम ९ दशमलव ६ प्रतिशत रहेका छन् ।

तीन आमामध्ये दुई आमाले अर्थात् ६९ दशमलव ७ प्रतिशतले छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने गरेका छन् । १२ देखि २३ महिनाका ८० दशमलव ७ प्रतिशत बालबालिकाले पहिलो वर्षमै सबै खोप पूरा गरेका छन् । सर्वेक्षणभन्दा दुई साताअघि ७ दशमलव ८ प्रतिशत बालबालिकालाई झाडापखाला लागेको र तीमध्ये २० दशमलव ६ प्रतिशतलाई जिङ्क र पुनर्जलीय झोल खुवाइएको देखिएको छ ।

३६ देखि ५९ महिनाका ५७ दशमलव ९ प्रतिशत बालबालिका प्रारम्भिक बाल शिक्षामा सहभागी भएका छन् । आधारभूत तह (कक्षा १–५) मा ४ दशमलव ५ प्रतिशत, कक्षा ६–८ मा ३ दशमलव ६ प्रतिशत र माध्यमिक तह (९–१२) मा १३ दशमलव २ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । पाँच वर्षमुनिका ८५ दशमलव ४ प्रतिशत बालबालिकाको जन्मदर्ता भएको छ ।

नेपालको ९८ दशमलव २ प्रतिशत जनसङ्ख्याले सुधारिएको खानेपानी प्रयोग गरे पनि ६० दशमलव ४ प्रतिशत घरपरिवारको पिउने पानीमा जीवाणु फेला परेको प्रतिवेदनमा उल्लेख छ । ९२ दशमलव ४ प्रतिशतले सुधारिएको चर्पी प्रयोग गरेका छन् भने ८६ दशमलव ४ प्रतिशत घरपरिवारमा हात धुने सुविधा उपलब्ध छ ।

स्वास्थ्य बिमामा १५ देखि ४९ वर्ष उमेर समूहका १७ दशमलव ८ प्रतिशत महिला र १९ दशमलव ६ प्रतिशत पुरुष आबद्ध रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।

देशभरका ५४० गणना क्षेत्रबाट १२ हजार ९६० परिवारलाई समेटेर गरिएको यो सर्वेक्षणले संघ, प्रदेश तथा स्थानीय तहका नीति निर्माण, योजना तर्जुमा, दिगो विकास लक्ष्यको अनुगमन र बहुआयामिक गरिबी मापनका लागि महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास तथ्याङ्क कार्यालयले व्यक्त गरेको छ ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!