धनुषा/माघ २१ गते। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति मोर्चा पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। उनीहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीबाट जनकपुरधाम आएर औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।
पार्टी प्रवेश गर्ने प्रमुख नेताहरूमा संजय कुमार चौधरी, संजय सिंह, कामेश्वर झा, बैद्यनाथ कुमार सिंह, विजय कुमार राम, नितु यादव, अशोक ठाकुर, राजाराम कापर, किशुन नायक, पुलक यादव, फुलो देवी पासवान, रामचन्द्र दास, बरतुन पासवानलगायत रहेका छन्।
यसैगरी, जिल्ला उपाध्यक्ष तथा सदस्यको रूपमा शंकर कुमार पासवान, बिरेन्द्र पासवान, जीवन कुमार साह, चन्द्रिका मण्डल, प्रकाश ठाकुर, दिनेश साह, इन्द्रजीत दास र राजु कुमार चौधरीसमेत जसपा नेपालमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसी जनताको अधिकार, पहिचान र समावेशी लोकतन्त्रको लडाइँलाई थप सशक्त बनाउने उद्देश्यका साथ पार्टीलाई मजबुत बनाइँदै गएको बताए। नयाँ प्रवेशी नेता तथा कार्यकर्ताले पार्टीको संगठन विस्तार र आगामी राजनीतिक संघर्षमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।














Discussion about this post