काठमाडौँ ।नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन्।
सभापति थापाले पौडेलका राजीनामा स्वीकृत गरेर केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेका छन्।
पौडेलले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि माघ ८ गते राजीनामा दिएका थिए। रासस














Discussion about this post