धनुषा/माघ २१ गते। जनकपुरधाम जेसिसको ५०औँ शपथग्रहण तथा पुरस्कार वितरण कार्यक्रममा जेसि मनोहर ठाकुरलाई “बेस्ट अफ जेसिज २०२५” पुरस्कार प्रदान गरी सम्मान गरिएको छ।
पुरस्कार समिति संयोजक जेसि तुलसी पजियारको संयोजनमा आयोजित कार्यक्रममा जनकपुरधाम जेसिस वर्ष २०२५ का अध्यक्ष जेसि मुकेश कुमार साहले सम्मानपत्र तथा पुरस्कार प्रदान गरेका हुन्।
जेसी मनोहर ठाकुरले जेसिजको मूल्य, उद्देश्य र मिसनअनुसार निरन्तर सक्रिय रहँदै समाजसेवामा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।
सम्मान प्राप्त पश्चात जेसि ठाकुरले यसले आफूलाई अझ जिम्मेवार, प्रेरित र समाजसेवामा निरन्तर अग्रसर रहन थप हौसला प्रदान गरेको बताए। उनले आगामी दिनहरूमा जेसिसको सिद्धान्तअनुसार अझ प्रभावकारी रूपमा योगदान पुर्याउने दृढ प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जेसिजका पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू र विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।














Discussion about this post