nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १९, २०८२, ६:३४ मध्यान्ह
सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

सर्लाही। सर्लाहीको हरिवन नगरपालिकास्थित भोक्टेनीमा घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीय हर्षित भएका छन् । हरिवन –१, भोक्टेनी क्षेत्रका स्थानीय लामो समयदेखि खानेपानीको समस्या रहेको थियो । अहिले घरघरमा पानीको धारा जडान भएपछि आफूहरूलाई निकै सुविधा भएको हरिवन–१, भोक्टेनीकी कविता कुमारीले बताइन् । उनले भनिन्,‘‘पहिला इनारको पानी खानुपथ्र्यो । त्यो पनि हिउँद लागेपछि विस्तारै पानीको सतह घट्दै जाँदा चैत, वैशाखमा धमिलो पानी खान लडाइँ हुन्थ्यो ।’’

हिउँद महिना लागेपछि पानीको लागि दैनिक इनारमा झै–झगडा हुने गरेको सोही स्थानकी कुल्सुम खातुनले बताइन् । ‘‘अहिले घरघरमै धारा झरेको छ । दैनिक बिहान, बेलुका दुई समय पानी आउँछ । निकै सुविधा भएको छ,’’ खातुनले सुनाइन् । आफू विवाह गरेर आउँदा एक गाग्री खानेपानीको लागि गाउँका महिला बालबालिका चुरे फेदीमा झरेको झोरासम्म पुग्नुपर्ने बाध्यता रहेको खातुनले बताइन् ।
केही समय पहिलासम्म गाउँमा सम्पन्न केहीले खनेको इनारमा पानी झिक्न नपाउँदाको दुःख कविताको मानसपटलमा अहिले पनि ताजै छ । २०० घर धुरीको लागि यस क्षेत्रमा ५२ वटा भन्दा धेरै साना ठूला इनार खनिएको छ । केही वर्षयता उक्त इनारमा पानी भरिन छाडेपछि स्थानीय थप खानेपानी सङ्कटमा परेका हुन । गाउँ नै खानेपानीको चपेटामा परेपछि २०७९ सालदेखि यहाँ खानेपानी योजना सुरु भएको थियो ।

वडा कार्यालयको ३५ लाख र मधेस प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहाको क्षेत्र विकास बजेटबाट छुट्याएको ३७ लाख गरी ७२ लाख लागतमा खानेपानीको व्यवस्था गरिएको अत्रौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मुकेश साहले बताए । तत्काललाई डिप बोरिङबाट पानी निकालेर सिधैँ दिनको दुई टाइम उपभोक्ताको धारामा पठाउने गरिएको उनको भनाइ छ ।
‘‘संस्थाको सम्पूर्ण संरचना निर्माणको लागि ठूलो लगानी आवश्यक छ । अहिलेलाई पानीको प्रयोगशालाबाट परीक्षण गर्दा खान उपयुक्त देखिएपछि वितरण गरिएको हो ।’’ यसको दिगो व्यवस्थापनको लागि वडा, नगर, प्रदेश र सङ्घ सरकार मातहतका निकायसँग निरन्तर पहल गरिरहेको अध्यक्ष साहले बताए । आयोजनाको लागि कम्पाउण्ड, ओभरहेड ट्याङ्की सहितको संरचना निर्माण नभइ दिगो व्यवस्थापन नहुने उनले सुनाए।

यस आयोजनाको लागि स्थानीय हरिनारायण ठाकुरबाट दुई कठ्ठा र वडा सदस्य रहेका उदयनारायण ठाकुरबाट एक कठ्ठा गरी तीन कठ्ठा जग्गा प्राप्त भएको वडाध्यक्ष टमबहादुर घिसिङले बताए । स्थानीयले बर्सेनि खानेपानीको लागि गरेको लडाइँ र स्थानीयले भोग्नु परेको काकाकुल अवस्था समाधानको लागि वडाले पहल गरेर खानेपानीको व्यवस्थापन गरेको उनको भनाइ छ ।
यसलाई दिगो रुपमा सञ्चालनको लागि आवश्यक भौतिक संरचना लगायतको लागि आफूले निरन्तर पहल गरिरहेको उनले दाबी गरे । ‘‘स्थानीयले सधैँ पानी खान नपाएको गुनासो गरेपछि वडाको स्थानीय जग्गा दातासँग पहल गरेर प्राप्त जग्गामा ३५ लाख बजेटबाट विद्युत् लाइन विस्तार, ट्रान्समिटर खरिद गरेर जडान गरी ५०० फिट गहिरो डिप बोरिङ गरेर विद्युतीय मोटर जडान गरी तत्काललाई पानी खुवाउने प्रबन्ध गरेको हो,’’ वडाध्यक्ष घिसिङले भने । उनका अनुसार २०० घर मध्य अहिले सम्म १५५ घरमा धारा जडान गरेर पानी वितरण भइरहेको छ । बाँकी परिवार धारा जडानको गर्ने प्रक्रियामा रहेका संस्थाका अध्यक्ष साहले बताए । यस आयोजनाबाट हरिवनको भोक्टेनी तथा आसपासका गाउँका स्थानीयलाई पानी खुवाउने योजना रहेको उनको भनाइ छ ।

Tags: सर्लाही खबर

Discussion about this post

Related Posts

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आजको मौसमः तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!