nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा लैंगिक हिंसा विरुद्ध स्थानीय तहको समन्वय ढाँचा कार्यान्वयनबारे २ दिने समिक्षात्मक कार्यशाला सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ११, २०८२, ८:२६ मध्यान्ह
जनकपुरधाममा लैंगिक हिंसा विरुद्ध स्थानीय तहको समन्वय ढाँचा कार्यान्वयनबारे २ दिने समिक्षात्मक कार्यशाला सम्पन्न

जनकपुरधाम/माघ ११ गते। सुरक्षा र न्यायको पहुँच सुदृढ गर्ने उद्देश्यसहित स्थानीय तहमा लैंगिक हिंसा सम्बन्धी सम्प्रेषण तथा समन्वय ढाँचाको कार्यान्वयनबारे समिक्षात्मक दुईदिने कार्यशाला जनकपुरधाममा सम्पन्न भएको छ।

लैगिंक हिंसा न्यूनिकरण तथा प्रतिकार्यका लागि जनकपुरधाम उपमहानगरपालिकाले रणनीतिक योजनाहरु वनाउन थालेका छन् । समाजमा भइरहेको हानिकारक परम्परागत अभ्यासलाई न्यूनिकरणका लागि सरोकारवालासंगको छलफललाई तिव्रता दिएका छन् । सुरक्षा र न्याय कार्यक्रम अन्तर्गत पालिकाले लैगिंक हिंसा रोकथामका लागि पालिकाले पिपुल इन नीड र दिव्य विकास श्रोत केन्द्रको साझेदारीमा समुदाय स्तर र पालिका स्तरमा गतिविधिहरुलाई तिव्रता दिएका छन् । यसै सन्दर्भमा पालिकाको समन्वयमा दिव्य विकास श्रोत केन्द्रले दुईदिने कार्यशाला सम्पन्न गरेको छ ।

कार्यशाला पिपुल इन निड,DDRC र हामी दाजुभाइको संयुक्त आयोजनामा तथा FCDO को आर्थिक सहयोगमा आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय तहमा लैंगिक हिंसा सम्बन्धी उजुरी दर्ता, पीडितलाई तत्काल संरक्षण, न्यायिक प्रक्रियामा सहजीकरण तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै हालसम्म लागू गरिएको सम्प्रेषण तथा समन्वय ढाँचाको अवस्था, चुनौती र सुधारका सम्भावनाबारे सहभागीहरूले आफ्ना अनुभव र सुझाव प्रस्तुत गरेका थिए।

उपमेयर किशोरी साहले लैंगिक हिंसा अन्त्यका लागि स्थानीय सरकारको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिँदै पीडितमैत्री सेवा प्रवाह, गोपनीयता र शीघ्र न्याय सुनिश्चित गर्नु आजको आवश्यकता भएको बताउनु भयो। उनले समन्वय ढाँचालाई व्यवहारमै लागू गर्न वडा तहदेखि नगर तहसम्म सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यशालाको मुख्य उद्देश्य स्थानीय तहमा लागू गरिएको लैंगिक हिंसा सम्बन्धी सम्प्रेषण तथा समन्वय ढाँचाको प्रभावकारिता मूल्यांकन गर्नुका साथै देखिएका चुनौती, कमजोरी र सुधारका उपायहरू पहिचान गर्नु रहेको थियो। कार्याशालामा पीडितले भोग्नुपर्ने सामाजिक दबाब, ढिलो न्याय, गोपनीयताको अभाव तथा कानुनी प्रक्रियामा देखिने जटिलताबारे पनि गहन छलफल गरिएको थियो।

दोस्रो दिन समन्वय ढाँचाको कार्यान्वयन क्रममा देखिएका व्यवहारिक समस्या, सुधारका सम्भावना तथा आगामी कार्ययोजनामाथि समूहगत छलफल गरिएको थियो। स्थानीय तहमा लैंगिक हिंसा सम्बन्धी सूचना आदान–प्रदानलाई कसरी प्रभावकारी बनाउने, पीडितमैत्री सेवा कसरी विस्तार गर्ने र वडा तहबाटै हिंसा रोकथामका पहल कसरी अघि बढाउने भन्ने विषयमा सहभागीहरूले ठोस सुझाव दिएका थिए।

आयोजक संस्थाहरूले कार्यशालाबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा आगामी दिनमा स्थानीय तहसँग सहकार्य गर्दै लैंगिक हिंसा न्यूनीकरणका कार्यक्रमहरू अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन्। कार्यशालामा जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी साह, वडा नम्बर–१४ का वडा अध्यक्ष पुण्यप्रताप यादव, वडा नम्बर–४ का वडा अध्यक्ष सुरेश झा, वडा नम्बर–९ का वडा अध्यक्ष परमेश्वर साहसहित विभिन्न संघ–संस्थाका प्रतिनिधि, संचारकर्मी तथा लैंगिक हिंसा न्यूनीकरणसँग सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!