जनकपुरधाम/पुस २६ गते। जनकपुरधामको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध सामाजिक कार्यक्रम आयोजना गरी मनाएको छ।
युवा दिवसको अवसरमा मञ्चले रक्तदान कार्यक्रम, मानवसेवा आश्रममा भोजन सेवा तथा मारवाडी युवा भेलाको आयोजना गरिएको थियो । शनिबार जनकपुरधामस्थित जनक मन्दिर परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ९६ जनाले रक्तदान गरेका थिए।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको मारवाडी युवा मञ्चका अध्यक्ष राहुल सिंघानियाले जानकारी दिए।
अध्यक्ष सिंघानियाले स्वस्फूर्त रूपमा रक्तदान गर्ने सबै रक्तदाताप्रति आभार व्यक्त गर्दै तीनदिने कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरू तथा संस्थालाई धन्यवाद ज्ञापन गरे।
स्थापना दिवसको अवसरमा मञ्चले जनकपुरधामस्थित मानव सेवा आश्रममा आश्रितहरूका लागि भोजनको व्यवस्था समेत गरेको छ। साथै, मारवाडी युवा भेलाको आयोजना गरी विभिन्न खेलकुद तथा अन्तरक्रियात्मक गतिविधिहरूमार्फत युवावर्गको क्षमता अभिवृद्धि गराइएको अध्यक्ष सिंघानियाले बताए।
मारवाडी युवा मञ्चले यस्ता सामाजिक कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
















Discussion about this post