nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

“Muktinath Agri-Finance 360” कार्यक्रम एक कोशेढुंगा

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १८, २०८२, ११:२५ मध्यान्ह
“Muktinath Agri-Finance 360” कार्यक्रम एक कोशेढुंगा

काठमाडौं/पौष १८ गते। मुक्तिनाथ विकास बैंकले आफ्नो २०औँ वर्ष प्रवेशको अवसरमा कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि तथा किसानको दिगोपनामा योगदान पुर्‍याउने उद्देश्यसहित “Muktinath Agri-Finance 360” कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन परियारले कृषि क्षेत्रको समग्र विकासका लागि सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र किसानबीच उत्प्रेरणात्मक वातावरण निर्माण आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि लगानी विस्तार र कर्जा गुणस्तर सुदृढ गर्न क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृंखलामा समन्वय तथा सहकारी र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। साथै महिला–मैत्री कृषि, प्रविधिसँग जोडिएको युवा लक्षित स्वरोजगार, साना किसानको वित्तीय पहुँच विस्तार र स्तरोन्नतिका लागि सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो। सरकारले छिट्टै नयाँ कृषि नीति ल्याउने तयारी गरिरहेको जानकारी पनि उहाँले दिनुभयो।

विशेष अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको पूर्ण मूल्य शृंखला विकासमा राज्य, निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले बैंक तथा वित्तीय संस्थाहरूले कृषि सम्बन्धी सहायक कम्पनी स्थापना गरी मूल्य शृंखला सुदृढ गर्न सक्ने सुझाव दिनुहुँदै यसमा नेपाल राष्ट्र बैंकको समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा की–नोट वक्ताका रूपमा बैंकिङ्ग विशेषज्ञ अजय श्रेष्ठले “नेपालमा कृषि उद्यम लगानीका चुनौती र अवसर” विषयमा प्रस्तुति दिनुभयो। उहाँले कृषि ऋणमा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर, न्यून उत्पादकत्व र संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औंल्याउनुभयो। साथै डिजिटल वित्तीय सेवा, वैकल्पिक कर्जा मूल्याङ्कन प्रणाली, मूल्य शृंखला विस्तार, कृषि बीमा र निजी क्षेत्रसँगको सहकार्यलाई सम्भावनाका रूपमा प्रस्तुत गर्नुभयो।

त्यसैगरी “नेपालमा कृषि उद्यम कसरी फस्टाउन सक्छ?” विषयमा प्यानल छलफल आयोजना गरिएको थियो। छलफलको संयोजन बैंकिङ्ग विशेषज्ञ भुवन दाहालले गर्नुभएको थियो भने प्यानलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका अध्यक्ष डिबी बस्नेत तथा कृषक उद्यमी बिमला आचार्य दहाल सहभागी हुनुहुन्थ्यो।

प्यानल छलफलबाट कृषि क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकतामा राख्ने, कर्जा जोखिम व्यवस्थापनमा नीतिगत सुधार गर्ने, वित्तीय संस्थालाई उत्प्रेरणात्मक वातावरण दिने, मूल्य शृंखलामा आधारित सहकार्य प्रवर्द्धन गर्ने, प्रदेशस्तरमा भण्डारण, नमूना खेती र बजार सुनिश्चित गर्ने, महिला उद्यमीलाई प्रोत्साहन गर्ने तथा प्रविधिमैत्री कृषि विकासमा जोड दिनुपर्ने निष्कर्ष निकालिएको थियो।

कार्यक्रममा नेपाल सरकारका कृषि निकाय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, गैरसरकारी संस्था, विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ता, कृषि सहकारी, उद्यमी, निजी क्षेत्र र सञ्चारकर्मी गरी करिब ३५० जनाको सहभागिता रहेको थियो।

बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक उमेश कुमार आचार्यले राख्नुभएको थियो भने कार्यक्रमको समापन टिप्पणी प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गर्नुभएको थियो।

बैंकिङ्ग क्षेत्रमा सम्भवतः पहिलो पटक आयोजना गरिएको यस किसिमको कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याई भविष्यको मार्गचित्र कोर्न सफल भएको भन्दै यसलाई कृषि वित्तको क्षेत्रमा एक कोशेढुंगा का रूपमा लिइएको छ। मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्रामीण समृद्धि, वित्तीय समावेशीकरण र कृषि उद्यम प्रवर्द्धनमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएको छ।

Tags: रास्ट्रिय

Discussion about this post

Related Posts

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक: उर्जा मन्त्री श्रेष्ठ

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक: उर्जा मन्त्री श्रेष्ठ

जब ७ वर्षीय छोरालाई एक्लै छाडेर बाबु माउन्ट फुजीकाे पदयात्रामा निस्के

जब ७ वर्षीय छोरालाई एक्लै छाडेर बाबु माउन्ट फुजीकाे पदयात्रामा निस्के

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि (UNCRC) मा बालबालिकाका सवाल र आवाज समेट्न मधेश प्रदेशमा प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि (UNCRC) मा बालबालिकाका सवाल र आवाज समेट्न मधेश प्रदेशमा प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक

सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति

सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति

मर्निङ वाक गर्नुका यी हुन ७ फाइदा, कम्तिमा हिडनुहोस् ३० मिनेट

मर्निङ वाक गर्नुका यी हुन ७ फाइदा, कम्तिमा हिडनुहोस् ३० मिनेट

पुत्रदा एकादशी, सन्तान बिहिनका लागि ब्रत बस्ने दिन

पुत्रदा एकादशी, सन्तान बिहिनका लागि ब्रत बस्ने दिन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि