धनुषा/पुस १५ गते। जनकपुरधाम उपमहानगरपालिका-४ माछा बजार बाट स्रोत नखुलेको रकम १० लाख ३ हजार ८ सय ५ रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने महोत्तरी एकडारा गाउँपालिका-४ घर भएका ३५ वर्षीय रंजित कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीको उनको कोठा तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गर्ने म.प्र.०२-००९ प ०५४३ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














Discussion about this post