जनकपुरधाम/पुस ७ गते। नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित भएका छन् ।
तीन जना प्रतस्पर्धीलाई पराजित गर्दै कार्की २०२६ को राष्ट्रिय अध्यक्षमा निर्वाचित भएको हो । जनकपुरधाममा सम्पन्न निर्वाचनको मत परिणाम अनुसार रामेछापको कार्कीले ५१२ मत प्राप्त गरेको थियो। भने उनका प्रतिस्पर्धिहरु विजय गुरुङले ४ सय ६२ मत, रश्मि शिल्पाकारले १४७ मत र राजा राम गौतमले ८३ मत प्राप्त गरेको थियो । अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित भएका कार्की दोस्रो प्रयासमा सफल हुनु भएको हो ।
निर्वाचित अध्यक्ष कार्कीले नेपाल जेसीज भित्र एकता, सहकार्य, पारदर्शिता र समावेशिता बढाउने उद्देश्य राखेको उल्लेख गर्नु भएको छ । उहाँको अनुसार संगठनलाई युवा,महिला र विविध सक्रिय सहभागितामार्फत भविष्य–उन्मुख बनाउने लक्ष्य छ।
जनकपुरधाममा जारी नेपाल जेसिजको ५२ औं राष्ट्रिय महाधिवेशनमा ५ सय १२ मत ल्याई कार्की अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जेसिजको सन् २०२६ का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका कार्की रामेछापका हुन् ।
शुक्रबारदेखि जनकपुर जेसिजको आतिथ्यतामा जनकपुरधाममा जारी जेसिजको महाधिवेशनमा नयाँ नेतृत्वका लागि आइतबार अबेरसम्म मतदान भएको थियो ।














Discussion about this post