जनकपुरधाम/पुस ५ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशबाट समानुपातिक तर्फका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा पार्टीकी सह–महामन्त्री पुनम साहको नाम पनि समावेश गरिएको छ ।

सिराहा जिल्लाको गोलबजार नगरपालिका–४ निवासी पुनम साह मधेसी समुदायकी महिला नेता हुन् । मधेश प्रदेशमा महिलाको राजनीतिक सहभागिता न्यून रहेको अवस्थामै पुनम साहको सक्रिय उपस्थिति र नेतृत्व क्षमताले महिलाहरूका लागि प्रेरणाको उदाहरण प्रस्तुत गर्दै आएको छ ।
पार्टी संगठन निर्माणदेखि नीति–निर्माण र जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी साहलाई समावेश गर्नुले रास्वपाले समावेशी प्रतिनिधित्व र लैंगिक समानतालाई प्राथमिकतामा राखेको संकेत गरेको छ । मधेश प्रदेशमा महिलाको आवाजलाई बलियो बनाउने उद्देश्यसहित उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
रास्वपाले प्रारम्भिक सूची सार्वजनिक गर्दै सुझाव तथा प्रतिक्रियाका आधारमा अन्तिम सूची टुंगो लगाइने जनाएको छ । पुनम साहको नाम समावेश भएसँगै मधेश प्रदेशमा महिला नेतृत्व र सहभागिताको विषय थप चर्चामा आएको छ ।














Discussion about this post