गिरिजानन्द साह/जनकपुरधाम/पुस ४ गते। नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन जनकपुरधाममा भव्य समारोहबीच सुरु भएको छ।
जनकपुरधाममा आयोजित महाधिवेशनको औपचारिक समुद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले गर्नुभएको हो। चार दिनसम्म चल्ने यस राष्ट्रिय महाधिवेशनमा देशभरिका जेसिज शाखाबाट आएका तीन हजार भन्दा बढि युवाहरूको उल्लेखनीय सहभागिता रहेको छ।
“शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ” भन्ने आस्था र मान्यतालाई आत्मसात गर्दै अघि बढिरहेको नेपाल जेसिजको यस ५२औँ राष्ट्रिय महाधिवेशनमा देशभरका १७४ शाखाबाट बोर्डका पदाधिकारी तथा प्रतिनिधिसहित पाँच हजारभन्दा बढी युवावर्गको जमघट रहेको महाधिवेशन निर्देशक सुधिर पन्जियारले जानकारी दिनुभयो।
जनकपुर जेसीजको आतिथ्यतामा सुरु भएको महाधिवेशन अन्तर्गत शान्ति पदयात्रा, ओरेटरी कन्टेस्ट, थिम सेमिनार, राष्ट्रिय एसेम्बली तथा नेपाल जेसिजको वार्षिक साधारणसभा लगायतका विविध कार्यक्रमहरू आयोजना गरिने छन्।
यसै महाधिवेशनमार्फत सन् २०२६ का लागि नेपाल जेसिजको राष्ट्रिय अध्यक्षसहित अन्य केन्द्रीय पदाधिकारीहरू चयन हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
















Discussion about this post