गिरिजानन्द साह/जनकपुरधाम/कार्तिक १० गते। मिथिला डिपार्टमेन्टल स्टोरले आफ्नो सेवा परिमार्जन र पहुँच विस्तार गर्ने उद्देश्यसहित जनकपुरधाममा चौथो शाखा संचालनमा ल्याएको छ । कदम चौकदेखि कपलेश्वर जाने बाटोमा स्थापित नयाँ शाखाको आज औपचारिक उद्घाटन गरिएको हो । उद्घाटनसँगै स्टोरले सर्वसाधारणका लागि पूर्णरूपमा नियमित सेवा शुरु भएको जानकारी दिएको छ ।
मिथिला डिपार्टमेन्टल स्टोरका म्यानेजिङ्ग डाईरेक्टर शिवेन्द्र झा का अनुसार बढ्दो उपभोक्ता आवश्यकता, बजारको माग, र व्यवस्थित खुद्रा सेवाको मागलाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको हो । “जनकपुरधामका विभिन्न स्थानमा फैलिएको ग्राहक आधारलाई अझ सजिलो सेवा दिन चौथो शाखा स्थापना गरिएको हो,” झा ले जनाएको छ ।
नयाँ शाखामा दैनिक उपभोग्य सामान, किराना, स्टेशनरी, बेभरेज, किचेन तथा घरेलु सामग्री, कस्मेटिक र अन्य उपभोक्ता सामग्री एकै स्थानमा उपलब्ध गराइएको छ । विशेषगरी परिवार, विद्यार्थी, कार्यालय कर्मचारी तथा स्थानीय बासिन्दा लक्षित गरि सहज पहुँच, उचित मुल्य, गुणस्तर सुनिश्चितता र व्यवस्थित ग्राहक सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ ।
शाखा विस्तारसँगै स्थानीयस्तरमा रोजगारी वृद्धि तथा व्यवस्थित खुद्रा बजारको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ । जनकपुरधाममा विस्तार हुँदै गएको आधुनिक सपिङ संस्कृति र प्रतिस्पर्धी बजार व्यवस्थापनले उपभोक्तामा नयाँ विकल्प वृद्धि भएको व्यापारीहरू बताउँछन् । मिथिला डिपार्टमेन्टल स्टोरले अब आफ्नो पाचौ शाखा क्याम्पस चौक देखि कटैया चौरी जाने बाटोमा विस्तारको योजना रहेको जनाएको छ ।














Discussion about this post