जनकपुरधाम/कात्तिक १९ गते। धनुषा र सिरहा सीमानामा पर्ने कमला नदीमा दैव मेला लागेको छ ।
हेरक बर्ष कात्तिक पूर्णिमामा लाग्ने याे मेलामा सिरहा , सप्तरी , उदयपुर , धनुषा , महाेत्तरी र मधेस प्रदेश काे ८ जिल्ला हरुबाट र छिमेकी राष्ट्रिय भारतका विभिन्न स्थानबाट पनि मानिसहरु हेर्ने आउने गर्छन् । मेलामा सहभागी हुनेहरुले आफ्ना इष्ट देवताकाे नाम लिँदै इयाली , ढाेल पिपही जस्ता बाजा बजाउँने गरिन्छ । कमला नदीमा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्नकाे लागि गाउँघरबाट आज बिहानैदेखि कमला नदीकाे तटमा पुग्ने गर्छन् ।
कमला नदीमा स्नान गरिए कमलेशवरी देवीले तान्त्रिक विधाकाे बर दिने तथा याेग पाकाे हुने जनविश्वास रहेको छ मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ ।
मिथिलाञ्चलमा सदियाैँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । पहेँलो धाेती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बलेकाे अागाे सहितकाे माटाेकाे ढकना अर्थात भाँडा र बेतकाे लाठी घुमाउँदै चर्को स्वारमा काराउँ छन् । उनीहरु आफूमा आएको देउतालाई सिद्ध गर्न गंगास्नान गर्न आएका बताउँछन् ।
घरपरिवारका कुनै सदस्यलाई हानी नाेक्सानी र भुत प्रेत छाेयाे भन्ने जानकारी कमला स्नान गरेकै व्यक्ति मार्फत कुल देउताले दिने तथा रक्षा समेत गर्ने जनविश्वास रहेको छ । मनाेकामना पूरा भएपछि कमलालाई भाकल गर्नेहरुले यहि दिन सूर्यदेवलाई साक्षी राखेर भाकल दिने गरेको स्थानीय विनोद कुमार कर्णले बताए । स्नान गरेर धामीझाँक्री तथा उनीहरुसँगै अाएका अन्य व्यक्तिहरुले कमला नदिकै बगरमा दही , चुरा , मिठासँगै अनेक थरीका परिकार खाएर कुल देउताबाट सिद्धि प्राप्त गरेको विश्वास छ ।













Discussion about this post