जनकपुरधाम/कार्तिक १३ गते। जनकपुरधाममा बुधबार बेलुका देखि पानी परिरहेको छ । वर्षाका कारण दैनिक जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, ‘मोन्था’ चक्रवात भारतको पश्चिम बङ्गाल हुँदै नेपालतर्फ सरिरहेको छ ।
यसले विशेषगरी बागमती, कोशी, मधेस र गण्डकी प्रदेशमा वर्षा र चट्याङसहितको मौसमी गतिविधि तीव्र बनाएको हो । विभागका पूर्वानुमान शाखाले आगामी २४ घण्टासम्म बागमती प्रदेशका मध्य र पूर्वी पहाडी क्षेत्रमा वर्षा जारी रहने सम्भावना जनाएको छ । वर्षासँगै कतिपय ठाउँमा पहिरोको जोखिम पनि बढेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।














Discussion about this post