जनकपुरधाम/कार्तिक ७ गते। श्री राधा कृष्ण सार्वजनिक पुस्तकालयले आफ्नो स्वामित्वमा रहेका देवान पोखरी र पुरण पोखरी दुई वटा पोखरीको टेण्डर प्रक्रिया मनोमानी ढंगले टेण्डर खोल्ने गरेको स्थानीयले आरोप लगाएको छ। पुस्तकालयको कार्यसमिति र स्थानीय स्रोतका अनुसार, टेण्डरको सूचना नटाँसी, तोकिएको प्रक्रिया नपुर्याई र कार्यसमितिका सदस्यहरूलाई समेत जानकारी नदिई पुस्तकालयका अध्यक्ष राज किशोर यादव र उपाध्यक्ष विजय यादवले टेण्डर खोल्ने प्रयास गरेका स्थानीयले बताएका छ्न।
यस घटनापछि पुस्तकालयका सामान्य कार्यकारणी सदस्य जहिन्द सहनी ,भागचरण यादव र मितलेश कुमार यादव तथा स्थानीय उदय यादव , दिपक राउत ,बैधनाथ राउत , बिनय मण्डल लगायतका बासिन्दाहरूले तीव्र आपत्ति जनाउँदै टेण्डर प्रक्रिया रोक्न माग गरेका थिए। उनीहरूको सामूहिक दबाबपछि अन्ततः टेण्डर प्रक्रिया स्थगित गरिएको छ।
विरोधकर्ताहरूको भनाइ अनुसार, सार्वजनिक संस्था भएर पनि पारदर्शिता र जिम्मेवारीको मापदण्ड पालना नगरिनु अत्यन्त निन्दनीय रहेको छ। उनीहरूले सम्पूर्ण टेण्डर प्रक्रिया पुनः सार्वजनिक रुपमा, विधिसम्मत ढंगले टेण्डर गर्न माग गरेका छन्।













Discussion about this post