काठमाडौँ/असोज २८ गते। भूमिहीनलाई जमिन उपलब्ध गराउन माग गर्दै अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले मंगलबार काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका छन्।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसअघि गठन भएको भूमि समस्या समाधान आयोग खारेज गरेपछि प्रदर्शन गरिएको हो। आन्दोलनकारीहरूले आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र श्रमजीवी जनताको अधिकार कुण्ठित भएको बताएका छन्।
प्रदर्शनमा सहभागीहरूले “भूमिहीनलाई जमिन दे”, “भूमि आयोग पुनर्स्थापना” जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए। साथै, उनीहरूले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई किसानसँग माफी माग्नुपर्ने मागसमेत राखेका थिए। आन्दोलनकारीहरूको भनाइ अनुसार, भूमि समस्या समाधान आयोग पुनर्स्थापना गर्नुपर्दछ र भूमिहीन जनतालाई अधिकार सुनिश्चित गर्न सरकारको ध्यान आवश्यक छ।













Discussion about this post