जनकपुरधाम/असोज १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला समिति धनुषाले अविरल वर्षा, बाढी, पहिरो र चट्याङका कारण उत्पन्न विपद बाट प्रभावित परिवारहरूको सहयोगका लागि सबैलाई उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेको छ।

जिल्ला अध्यक्ष भोला यादवको हस्ताक्षर रहेको विज्ञप्तिमा असोज १८ गतेदेखि देशभर निरन्तर परिरहेको वर्षाका कारण धनुषा लगायतका स्थानहरूमा जनधनको ठूलो क्षति भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा विपदबाट प्रभावित व्यक्तिहरू, परिवार र समुदायहरूलाई तत्काल उद्धार तथा राहत कार्यमा संलग्न हुन स्थानीय तहका जनप्रतिनिधि,नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला समिति धनुषाका वडा कमिटी, नगर कमिटी, जनसंगठनका सदस्य र सर्वसाधारण सबैलाई आह्वान गरिएको छ।
एमालेले विपद्का समयमा प्रभावित गाउँ र बस्तीका अत्यावश्यक आवश्यकता पहिचान गरी राहत तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गर्दै समन्वयका लागि जिल्ला अध्यक्ष भोला यादवको मो.नं. ९८५४०२१५७५ र जिल्ला सचिव मो.नं. ९८५४०३१४७८ सँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ।













Discussion about this post