जनकपुरधाम/असोज १३ गते। जेनजी आन्दोलनका क्रममा जलाइएका जनकपुरधाम उपमहानगरपालिका र भन्सार कार्यालय जनकपुरमा नेकपा (एमाले) नेतृ जुली महतो (महासेठ) सहित विभिन्न दलका नेताहरुले आइतबार निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा नेतृ महतोले जेनजी आन्दोलनका नाममा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्ति जलाइएको बताइन्। उनले सरकारी सार्वजनिक सम्पत्ति जलाउनु दुःखद घटना भएको बताईन ।
निरीक्षणमा स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।




















Discussion about this post