nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ८, २०८२, १२:१६ बिहान
आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

असोज ८ गते। शारदीय नवरात्रको तेस्रो दिन आश्विन शुक्ल तृतीया हो। यस दिन दुर्गा भवानीका नौ रूपमध्ये चन्द्रघण्टाको पूजा आराधना गरिन्छ।

चन्द्र र घण्टा शब्द मिलेर चन्द्रघण्टा शब्द बनेको छ। शिरमा अर्धचन्द्र आकारको घण्टा धारण गरेकी हुनाले यी देवीको नाम चन्द्रघण्टा रहन गएको हो। चन्द्रघण्टा सुनौलो र चम्किलो वर्णकी, दश हात भएकी, सेता पुष्पको माला पहिरेकी, हातमा खड्ग, गदा, त्रिशूल, धनुर्बाण आदि शस्त्रअस्त्र लिएकी, सिंहमा सवार हुने देवी हुन्। यिनको हाउभाउ क्रुद्ध र युद्धका लागि तम्तयार भएको जस्तो देखिन्छ।

घण्टा देवीको प्रिय वाद्य हो। त्यसैले देवीको पूजामा घण्टाको विशेष महत्त्व छ। घण्टाबाट मधुर र मन एकाग्र गर्ने ध्वनि निस्कन्छ।

त्यसैले चन्द्रघण्टालाई स्वरकी स्वामिनी पनि मानिएको छ। यिनले सेवकका लागि घण्टाको मधुर ध्वनि प्रदान गर्छिन् भने आसुरी स्वभावका दुष्टहरूका लागि प्रचण्ड ध्वनि प्रदान गर्छिन्।

युद्धमा यिनको उग्र अट्टहास र हृदयभेदी शङ्ख-घण्टाको ध्वनिले दैत्य-दानवहरू मुर्छित भएका प्रसङ्ग पुराणहरूमा वर्णित छन्। सेवकका लागि भने यिनी सुमधुर स्वर, संगीत र कलाकी स्रोत हुन्। स्वरसाधक, संगीतकर्मी र कलाकारले यिनको उपासना गर्नाले आफ्नो अभीष्ट प्राप्त गर्छन्।

युद्धकी देवी चन्द्रघण्टा
चन्द्रघण्टा युद्धका लागि तयार देवीको अवस्था विशेष हो। यिनका दश हात विभिन्न शस्त्रअस्त्रहरूले विभूषित छन्। देवताहरूको रक्षाका लागि पटकपटक प्रकट भएर यिनले महिषासुर, शुम्भ-निशुम्भ, रक्तबीज आदि दानवहरूको वध गरेका कथा प्रसंगहरू देवीभागवत, मार्कण्डेय पुराण आदि ग्रन्थमा आएका छन्।

मार्कण्डेय पुराणअन्तर्गतको सप्तशतीका कथा अनुसार दानवहरूबाट त्रस्त भएका देवताहरूले आफ्नो रक्षाका लागि मातृशक्तिको पुकारा गरेका छन् र इन्द्र आदि देवताहरूको शक्ति एकत्रित भएर देवी प्रकट भएकी छन्। उनैले दानवहरूको वध गरेर देवताहरूले आआफ्ना स्थान प्राप्त गरेका छन्।

सिंहवाहिनी भगवती चन्द्रघण्टाको कृपा प्राप्त गर्ने भक्त सिंहजस्तै पराक्रमी र निडर हुन्छ भन्ने पुराणको मान्यता छ। यिनको घण्टाको ध्वनिले गर्दा भूत, प्रेत, पिचास आदिबाट हुने बाधा दूर हुन्छन्। युद्धमा विजय प्राप्त हुन्छ। जीवनमा सधैँ उत्साह प्राप्त हुन्छ।

पूजाविधि
नवरात्रको तेस्रो दिन अघिल्ला दिनहरूमा जस्तै नित्यस्नान, सन्ध्यावन्दन आदि सकेर पूजास्थलमा गइ पूजा सामग्री तयार गरिन्छ र दीप, कलश, गणेश आदि आवाहित/स्थापित देवी-देवताहरूको पूजा गरिन्छ।

यस दिन प्रधानदेवताका रूपमा स्थापित घटमा चन्द्रघण्टाको पूजा हुन्छ। देवीको पूजा गर्दा उनका प्रमुख तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीलाई सधैँ सम्झनुपर्छ। देवीका जुन रूपको पूजा गर्ने हो तिनका वाहन र शस्त्र-अस्त्रको पनि पूजा गर्नुपर्छ।

नवदुर्गाको पूजा घरघरमा हुन्छ। यसको विधि र पद्धति उल्लेख भएका पुस्तक बजारमा पाइन्छन्। पूजाको विधि जानिएको छैन, पुस्तक उपलब्ध छैन र मन्त्र उच्चारण गर्न पनि आउँदैन भने कम्तीमा ‘ॐ दुर्गादेव्यै नमः’ यो नाममन्त्र र ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ यो नवार्णमन्त्र उच्चारण गरेर पूजा गर्न सकिन्छ।

नवरात्रमा पहिलो दिनदेखि क्रमशः १) ॐ शैलपुœयै नमः २) ॐ ब्रह्मचारिण्यै नमः ३) ॐ चन्द्रघण्टायै नमः ४) ॐ कूष्माण्डायै नमः ५) ॐ स्कन्दमात्रे नमः ६) ॐ कात्यायन्यै नमः ७) ॐ कालराœयै नमः ८) ॐ महागौर्यै नमः ९) ॐ सिद्धिदाœयै नमः भनेर नौ दुर्गाका अलगअलग रूपको पूजा गर्न सकिन्छ।

तेस्रो दिन पूजा गरिने कुमारीको नाम कल्याणी हो। यिनलाई ॐ कल्याण्यै नमः भनेर पूजा अर्चना गर्नुपर्छ।

नवरात्र र योगसाधना

नवरात्र शक्तिको आराधना गर्ने विशेष अवसर हो। देवताहरूमा जस्तै मानिसमा पनि विशेष शक्ति रहेको हुन्छ। त्यस शक्तिलाई कुण्डलिनी भनिएको छ। देवीभागवत प्रथम स्कन्धको आठौँ अध्यायमा देवता, मानिस आदि सबै प्राणीमा यस्तो शक्ति रहेको कुरा उल्लेख छ।

कुण्डलिनी के हो?
योग दर्शनअनुसार हाम्रो शरीरमा शिरदेखि मेरुदण्डको पुछारसम्म विभिन्न सातओटा शक्तिकेन्द्रहरू छन्। ती शक्तिकेन्द्रलाई तलदेखि माथिसम्म क्रमशः मूलाधार चक्र, स्वाधिष्ठान चक्र, मणिपूर चक्र, अनाहत चक्र, विशुद्ध चक्र, आज्ञा चक्र र सहस्रार चक्र भनिन्छ। यी चक्रहरू विभिन्न प्रकारका संवेग र शारीरिक ऊर्जाहरूका मुठा हुन्। यी ऊर्जाले शरीरका क्रियाकलापलाई नियन्त्रण गर्छन्।

सामान्य अवस्थामा यी चक्रहरू सुषुप्त हुन्छन्। यी चक्रको अन्तिममा अर्थात् मूलाधार चक्रको नजिकमा कुण्डलिनी शक्ति हुन्छ। यो जीवनको सर्वोच्च शक्ति हो। कुण्डलिनी शक्ति जाग्रत् गरेर मूलाधारदेखि सहस्रारसम्मका सबै चक्रहरूलाई क्रियाशील बनाउनुलाई कुण्डलिनी-जागरण भनिन्छ। कुण्डलिनी जागरण भए सम्पूर्ण शक्तिहरू प्राप्त हुन्छन्। नवरात्रमा देवी-पूजनका साथ साधना गर्दा यो कुण्डलिनी शक्ति छिटो जाग्रत् हुन्छ।

कुण्डलिनी शक्ति जागरण गर्न चाहने साधकले प्रथम दिन एकान्त स्थलमा ध्यानमग्न भएर मूलाधार चक्रमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ। मूलाधार चक्र शरीरको सबैभन्दा तल्लो भाग (मलद्वार र जननेन्द्रियको मध्य)मा रहेको हुन्छ। यस चक्रको प्रतीक चार दल भएको रातो वर्णको कमल मानिएको छ। यस चक्रलाई जाग्रत् गर्नका लागि प्राणायाम गरेर प्राण र ध्यानलाई पूर्णतया मूलाधार चक्रमा केन्द्रित गर्नुपर्छ। यो चक्र जाग्रत् भएपछि साधकले कामवासना, लालसा र आवेगमाथि विजय प्राप्त गर्छ र उसको मौलिक क्षमता प्रस्फुटित हुन्छ।

यही विधिले दोस्रो दिन मूलाधार चक्रभन्दा माथि अण्डकोषको समस्थानमा रहेको स्वाधिष्ठान चक्रमा ध्यान केन्द्रित गर्नुपर्छ। यसको प्रतीक सुन्तला रंगको षड्दल कमल मानिएको छ। यो चक्र जाग्रत् भएपछि क्रूरता, आलस्य, अविश्वास, व्यसन, सुख, सम्बन्ध, खुसी, उत्सुकता र प्रजननमाथि विजय प्राप्त हुन्छ।

तेस्रो मणिपूर चक्र हो। यो नाभिस्थानमा रहेको हुन्छ। यसको प्रतीक पहेँलो रंगको दशदल कमल मानिएको छ। यसको जागरणबाट तृष्णा, ईष्र्या, भय, व्यग्रता, अन्तर्मुखता, सहजता, मौलिकता र पाचनमाथि विजय प्राप्त हुन्छ।

चौथो चक्र अनाहत हो। यो हृदय क्षेत्रमा रहेको हुन्छ। यसको प्रतीक गुलाबी रंगको द्वादशदल कमल हो। यस चक्रमा जटिल भावना, करुणा, सहृदयता, प्रेम, सन्तुलन, स्वीकृति र कल्याण रहेका हुन्छन्। यो चक्र जाग्रत् भएपछि सरल भावना, करुणा, सहृदयता आदि जाग्रत् हुन्छन्।

पाँचौँ विशुद्ध चक्र हो। यो कण्ठस्थानमा रहेको हुन्छ। यसको प्रतीक हल्का पहेँलो र नीलो रंग मिश्रित षोडशदल कमल हो। यसको जागरणले शब्द, वाणी, विद्या, अभिव्यक्ति, सम्प्रेषण र स्वतन्त्रतालाई जागरण गर्छ।

छैटौँ चक्र आज्ञा चक्र हो। यो दुई आँखीभुइँको मध्यबिन्दुमा रहेको हुन्छ। यसको प्रतीक दुई दलको कमल र रंग सेतो वा नीलो मानिएको छ। यसको जागरणबाट उच्च र निम्न अहम्का बीच सन्तुलन हुनुका साथै दिव्यदृष्टि, आत्मज्ञान, त्रिकालज्ञान र देवदर्शन प्राप्त हुन्छ।

सातौँ अर्थात् सबैभन्दा माथिल्लो सहस्रार चक्र हो। यो ब्रह्मरन्ध अर्थात् नवजात शिशुका शिरमा कमलो गिलो भाग भएको स्थानमा हुन्छ। यसको प्रतीक सहस्रदल कमल र रंग बैजनी मानिएको छ। यो शुद्ध चेतनाको चक्र हो। यसको जागरणले परम आनन्द, ध्यान, एकाग्रता, सार्वभौम चेतना र अस्तित्व जाग्रत् गर्छ।

शक्ति साधनाबाट प्राप्त हुने कुरा हो। साधनाका लागि स्थान, समय र परिवेश सबै अनुकूल हुनुपर्छ। आश्विन शुक्लपक्षका नवरात्र वर्षभरिकै उत्तम समय भएकाले यो साधना गर्ने उपयुक्त समय हो। शरीर र मनलाई विकाररहित एवं शुद्ध पारेर नवरात्रमा शक्तिको आराधना गर्ने हो भने कुण्डलिनी जागरण गर्न सकिन्छ भन्ने योगीहरूको अनुभव छ।

Tags: दशै २०८२

Discussion about this post

Related Posts

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!