nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

माओवादीको आक्रामक हस्तक्षेप बिना खेल क्षेत्रको बिकास सम्भव छैन: प्रचण्ड

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ २०, २०८२, ६:३८ मध्यान्ह
माओवादीको आक्रामक हस्तक्षेप बिना खेल क्षेत्रको बिकास सम्भव छैन: प्रचण्ड

काठमाडौं/२० भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र त्यस अनुगामी संगठन अखिल नेपाल खेलकुद महासंघले आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक रहेको बताएका छन् ।

अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको रूपान्तरण पार्टीको प्रभावकारी हस्तक्षेप बिना सम्भव नरहेको स्पष्ट पारे। उनले भने, “अखिल नेपाल खेलकुद महासंघको हस्तक्षेप बिना, हाम्रो एकता र गति बिना यो क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव छैन।”

विगतमा माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय तथा परिषद् रहेका बेला खेल क्षेत्रमा गुणात्मक सुधार देखिएको उदाहरण प्रस्तुत गर्दै उनले हालको सरकार खेलकुद विकासप्रति उदासीन रहेको आरोप लगाए । वर्तमान सरकारले पूर्वनिर्धारित राष्ट्रिय खेलकुद कार्यक्रमहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा अवरुद्ध गर्दै आएको पनि उनको आरोप थियो।

अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्रमा लगानी, जीवनको ग्यारेन्टी र पेशागत वातावरण तयार गरिएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउन सक्ने धारणा व्यक्त गरे । उनले भने, “राज्यले ध्यान दिने हो भने नेपाली युवाले विश्व रेकर्ड बनाउन सक्छन्।”
क्रिकेट रंगशालाहरूको निर्माण तथा तिनीहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय माओवादी नेतृत्वको सरकारले गरेको उल्लेख गर्दै उनले जबजब माओवादी केन्द्रले खेलकुद मन्त्रालय सम्हाल्ने मौका पायो, तबतब खेल क्षेत्र र पूर्वाधारको विकासमा उल्लेखनीय प्रगति भएको बताए।

उनले भने, “जतिजति बेला माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय र परिषद् हुन्छ, त्यतिबेला खेल क्षेत्रमा गुणात्मक प्रगति भएको पाइन्छ। त्यसकारण, यस क्षेत्रको प्रगतिका लागि पार्टीको हिसाबले माओवादी केन्द्र र संगठनको हिसाबले अखिल नेपाल खेलकुद महासंघले मिहिनेत र हस्तक्षेप गर्नुपर्ने अवस्था छ। म आयोजक कमरेडहरूलाई यसका लागि आग्रह गर्दछु।”सम्मेलनमा अध्यक्ष प्रचण्डले अखिल नेपाल खेलकुद महासंघलाई जनताको खेल र रूपान्तरणको अभियानको रूपमा अगाडि बढाएकोमा खुसी व्यक्त गरे। साथै, उनले खेल क्षेत्रको समृद्धिका लागि सबै पक्ष एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै महासंघलाई उत्कृष्ट खेलाडीहरूको संगठनका रूपमा स्थापित भएकोमा बधाई समेत दिए।

Tags: राष्ट्रिय

Discussion about this post

Related Posts

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि