जनकपुरधाम/साउन २५ गते। जनकपुरधाममा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मारवाडी युवा मञ्च जनकपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रम जनक चौकमा सम्पन्न भएको हो। मधेश प्रदेशमा हाल रगतको अभाव बढिरहेको अवस्थामा रेडक्रस सोसाइटीको विशेष अनुरोधमा मञ्चले यो पहल गरेको मञ्चका अध्यक्ष राहुल सिंघानियाले जानकारी दिए।
रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय युवाहरू र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सक्रिय रुपमा सहभागी भएका थिए। कुल ६५ जनाले रक्तदान गरेका मध्ये ५८ जना पुरुष र ७ जना महिला रहेका थिए।
अध्यक्ष सिंघानियाका अनुसार यो कार्यक्रमले न केवल तत्कालीन रक्त आवश्यकता पुरा गर्न सहयोग पुर्याएको छ, बरु समाजमा रक्तदानको महत्वबारे जनचेतना फैलाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ।
मञ्चका पदाधिकारीहरूले भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।














Discussion about this post