गिरिजानन्द साह/जनकपुरधाम/साउन १८ गते। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधामका व्यापारीहरूको सुखदुःखमा सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिवार जनकपुरधाममा आयोजित जनकपुरधाम आलु प्याज व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा सुरेन्द्र भण्डारी प्रतिवद्धता जनाएका छ्न । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले व्यवसायीहरूको समस्या समाधान तथा बजार सुधारका लागि सरकारले प्रभावकारी योजना ल्याउनुपर्नेमा जोड दिए। उनले व्यापारीहरूसँग सहकार्य गर्दै जनकपुरधामको बजार व्यवसायलाई थप सशक्त बनाउन संघले अग्रसर भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रम जनकपुरधाम आलु प्याज व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोह थियो। अध्यक्ष मो. अलाउदीन राईनको उपस्थितिमा संघका नवनिर्वाचित अध्यक्ष सुरज साह, सचिव मनोज साह, सह–सचिव संजय साह, र कोषाध्यक्ष सिकेन्द्र साह लगायतका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए।
शपथग्रहण कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले नेतृ एवं पूर्वमन्त्री जुली महतो रहेकी थिइन्। कार्यक्रममा विभिन्न व्यापारी, संघसंस्था प्रतिनिधि तथा समुदायका अगुवाहरूको पनि उपस्थिति रहेको थियो।













Discussion about this post