श्रावन १७ गते। भारतका पूर्वसांसद प्रज्वल रेवन्नालाई बलात्कारको मुद्दामा आजीवन कारावासको सजाय सुनाइएको छ । बैंगलोरस्थित जनप्रतिनिधिहरूसँग सम्बन्धित मुद्दाहरूको सुनुवाइ गर्न गठित विशेष अदालतले उनलाई अगस्ट १ मा दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो । अदालतको फैसला सुनेपछि रेवन्ना अदालत परिसरमै भावुक भएका थिए ।
अदालतले रेवन्नालाई भारतीय दण्ड संहिताको धारा ३७६ (२) र ३७६ (२) (एन) अन्तर्गत दोषी ठहर गरेको हो । सजायसँगै अदालतले रेवन्नामाथि १० लाख भारतीय रुपैयाँ जरिवाना पनि तोकेको छ । साथै पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ ।
पीडित महिलाले सन् २०२१ मा रेवन्नाले पहिले फार्महाउस र त्यसपछि बैंगलोरको घरमा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । महिलाले रेवन्नाले उक्त घटनाको भिडियोसमेत आफ्नो मोबाइलमा खिचेको आरोप लगाएकी थिइन् । प्रज्वल रेवन्ना कर्नाटकको हासन लोकसभा क्षेत्रका पूर्वसांसद हुन् । रातोपाटी बाट














Discussion about this post