जनकपुरधाम । हरवा चरवाहरूले पुनःस्थापना र कार्यविधि पारितको माग गर्दै बृहत दवाब स्वरुप आज प्रदेश राजधानी जनकपुरमा बिशाल र्यालि गर्दै विरोध प्रदर्शन गरेका छन ।
तेस्रो हरवा चरवा मुक्ति दिवसको अवसर पारेर ०८२ श्रावण २ गते शुक्रबार दिउँसो आयोजित उक्त प्रदर्शनको उद्देश्य आफ्ना माग पूरा गराउन प्रदेश सरकारलाई दबाब दिनु रहेको हरवा चरवा अधिकार मन्चका केन्द्रिय अध्यक्ष दसनलाल मण्डलले बताय । हरवा चरवा प्रथा मुक्तिको घोषणा भएको तीन वर्ष बितिसक्दा पनि सरकारले कार्यविधि पारित नगरेको, बसोबासका लागि जग्गा उपलब्ध नगराएको र पुनःस्थापनाको प्रक्रिया अगाडि नबढाएको भन्दै विरोध गरिएको हो।
राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सादाले प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन दबावमूलक विरोध गरिएको बताए।फ्रिडम फण्ड, रास्ट्रिय दलित नेट्वोर्क नेपाल ,सिआईसी र जनचेतना दलित संगमको सहयोगमा आयोजित उक्त विरोध कार्यक्रम मार्फत मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाइ दवाब सहित चेतावनी दिइएको मुक्त हरवा चरवा अधिकार मञ्चको महासचिव लागेन्द्र सदाले बताउनु भयो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०७९ साल साउन २ गते हरवा चरवा प्रथा अन्त्य गरिएको घोषणा गरेको भए पनि हाल सम्म केन्द्रिय तथा प्रदेश सरकार हरवा चरवाको सवालप्रति गम्भीरता न देखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
र्यालि जनकपुरधाम स्थित क्याम्पस चोक बाट शुरु भइ कृषि तथा भुमि सुधार मन्त्रालय , जिल्ला प्रशासन कार्यालय हुन्दै मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि पुगेर कोण सभामा परिणत पस्चात सम्पन्न भयो । आज तेस्रो मुक्ति दिवसको अवसरमा मधेस प्रदेस्का आठ जिल्लामा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको मन्चले बताएको छ ।













Discussion about this post