गिरिजानन्द साह/जनकपुरधाम/असार २८ गते। श्री धर्मसंस्था को १२औं वार्षिक साधारण सभाको उद्घाटन सत्र आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
उक्त सत्रका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले विधिपूर्वक कार्यक्रमको उद्घाटन गर्नुभयो। उहाँले धर्मसंस्थाले सामाजिक, धार्मिक तथा सांस्कृतिक गतिविधिमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि जनकल्याणकारी कार्यहरूमा अझ सक्रिय रहन सुझाव दिनुभयो।
कार्यक्रमको अध्यक्षता श्री ताराचन्द्र साहले गर्नुभएको थियो। उहाँले धर्मसंस्थाको विगतदेखि वर्तमानसम्मको यात्राबारे प्रकाश पार्दै संस्थाको निरन्तर प्रगतिमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
उद्घाटन सत्रमा विभिन्न धार्मिक अगुवा, समाजसेवी, बुद्धिजीवी, स्थानीय बासिन्दा तथा संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।





















Discussion about this post