गिरिजानन्द साह/जनकपुरधाम/असार २५ गते। होटल तथा पर्यटन व्यवसायी संघ धनुषाको नयाँ नेतृत्व चयन भएको छ। संघको नयाँ नेतृत्वको अध्यक्षमा रुपेश सिंह सर्वसम्मत चयन भएको छ।
त्यस्तै नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सन्तोष गुप्ता चयन भएका छन् भने महिला उपाध्यक्षको जिम्मेवारी सीता चौहानले पाएकी छन्। त्यसैगरी उपाध्यक्षमा अनिकेत रुङटा, महासचिवमा गौतम साह, सचिवमा सुनिल साह र कोषाध्यक्षमा अमित ठाकुर चयन भएका छन्।
कार्यसमितिमा सदस्यहरूको रूपमा रवि गुप्ता, विनय साह, भरत महासेठ, मुकुन्द अधिकारी, शिवनाथ पण्डित, सुनैना ठाकुर र अमित मिश्रा रहेका छन्।
नव-निर्वाचित अध्यक्ष रूपेश सिंहले पदभार ग्रहण गर्दै होटल तथा पर्यटन व्यवसायको विकास, प्रवर्द्धन तथा संरक्षणका लागि महासंघले आगामी दिनमा रणनीतिक योजना तयार गरेर कार्यान्वयन गर्ने बताएका छन्। उनले मधेश प्रदेश, विशेषतः जनकपुरधामलाई केन्द्रमा राख्दै धार्मिक, सांस्कृतिक र स्थानीय पर्यटनलाई विस्तार गर्न सबै व्यवसायीहरूको संयुक्त पहल आवश्यक रहेको बताएका छन्।
व्यवसायीहरूले यो नेतृत्वले धनुषाको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।














Discussion about this post