गिरिजानन्द साह/जनकपुरधाम/असार २० गते। फैसला कार्यान्वयनसम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेस प्रदेशको आयोजना र धनुषा जिल्ला अदालतको सहजीकरणमा आयोजित कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, धनुषाका प्रमुख जिल्ला अधिकारी, जिल्ला अदालतका न्यायाधीश, कानुनी क्षेत्रका प्रतिनिधि, वकिल, नागरिक समाजका प्रतिनिधिहरु, पत्रकार तथा अन्य सरोकारवालाहरु सहभागी थिए।
अन्तरक्रियामा न्यायिक निर्णयहरुको प्रभावकारी कार्यान्वयन, कानूनको पालना र नागरिकमा कानूनप्रति विश्वास जगाउने विषयमा गहन छलफल गरिएको थियो। सहभागीहरुले कार्यान्वयन प्रक्रियामा देखिने व्यवहारिक चुनौतीहरुमाथि आफ्ना अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रमले फैसला कार्यान्वयनप्रति सरकारी निकाय, न्यायालय तथा नागरिक समाजको भूमिकाको महत्त्वलाई उजागर गर्दै समन्वय र सहकार्यलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएको थियो।
कार्यक्रम समापनमा सहभागीहरुले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरुले कानुनी कार्यान्वयन प्रणालीलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए।






















Discussion about this post