nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकनन्दिनी गाउँपालिकाले प्रस्तुत गर्‍यो ४१ करोड ६० लाख बढीको बजेट

गिरिजानन्द साह गिरिजानन्द साह
असार १०, २०८२, १०:३० मध्यान्ह
जनकनन्दिनी गाउँपालिकाले प्रस्तुत गर्‍यो ४१ करोड ६० लाख बढीको बजेट

जनकपुरधाम/असार १० गते। धनुषाको जनकनन्दिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड ६० लाख ८७ हजार २४१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १३ औँ गाउँसभा एक विशेष समारोहबीच सम्पन्न भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दासको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिपिनदेव यादवको प्रमुख आतिथ्यमा गाउँसभा सम्पन्न भएको हो ।

उक्त गाउँसभामा उपाध्यक्ष सहगलले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै आर्थिक अनुशासन कायम राख्दै जनताको आवश्यकता र मागअनुसार योजनाहरूलाई समेटिएको बताइन् । गाउँपालिकाको बजेटले यस वर्ष भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि प्रवर्द्धन, महिला तथा बालबालिका सशक्तिकरण, विपद् जोखिम न्यूनीकरण, वातावरणीय संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ ।

बजेट प्रस्तुत गर्दै सहगलले भनिन्, जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीचको सहकार्यमा यस वर्ष असोज महिनादेखि नै विकास निर्माणका कामहरू अघि बढाइनेछ । चालु खर्चभन्दा बढी पुँजीगत खर्चको सुनिश्चितता गरिनेछ ।

गाउँपालिकाले चालु वर्षमा बजेट समयमै पारित गर्नुका साथै योजनाको छनोट र लागत अनुमान प्रक्रियालाई पनि तीव्रता दिने प्रतिबद्धता जनाएको छ । वडास्तरमा आएका मागहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरिँदै छनोट गरिने र पारदर्शिता कायम राखी बजेट कार्यान्वयन गरिने जानकारी पनि दिइएको छ ।

सभामा गाउँपालिका अध्यक्षले विगत वर्षका उपलब्धिहरू प्रस्तुत गर्दै आगामी वर्षमा अझ प्रभावकारी सेवा प्रवाह र समावेशी विकास कार्यान्वयनमा जोड दिने बताएका थिए । उनले भने, गाउँपालिकाको समग्र विकासका लागि सबै वडाको समन्वयमा योजना कार्यान्वयन गर्नुपर्छ । हामीले हरेक घर, समुदाय र नागरिकसम्म बजेटको प्रभाव पुर्‍याउने गरी कार्य गर्नेछौं ।

गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले यतिको दिन सिकाईमा गएको अनुभव भएको बताउँदै अब कागजमा नभई जनताको घरदैलोमा विकास हुने बताए । उनले यसपाली वडाध्यक्ष, कार्यपालिका सदस्यहरुले साथ दिए असोज महिनादेखि नै कार्य सँचालन हुने प्रतिवद्धता जनाए ।

गाउँपालिकाका प्रमुख योजनाहरूमा शुद्ध खानेपानीको पहुँच विस्तार, सामुदायिक विद्यालय सुधार, स्थानीय सडक मर्मत तथा निर्माण, कृषि यान्त्रीकरण, महिला उद्यमशीलता प्रवर्द्धन, युवा सीप विकास तालिम, विपद् पूर्वतयारीका कार्यक्रमहरू र स्वच्छता अभियानहरू रहेका छन् ।

त्यस्तै, बजेटमा संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा सञ्चालित सहकार्य परियोजनाहरूलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । विकास निर्माणमा गम्भीरता, गति र पारदर्शिता कायम गर्न योजना अनुगमन तथा मूल्यांकन संयन्त्रलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

गाउँसभामा सबै वडाका अध्यक्षहरू, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीतामूलक प्रक्रिया अपनाउँदै आगामी वर्षलाई विकास र सेवा प्रवाहको आधार वर्ष बनाउने प्रतिवद्धता जनाइएको छ ।

गाउँसभाको क्रममा वडा नं. १ का वडाध्यक्ष सँतोष गोईत, वडा नं. २ का अब्दुल मालिक शेख, वडा नं. ३ का विष्णुदेव साह बानियाँ, वडा नं. ४ का दिलिप कुमार यादव, वडा नम्बर ५ का अशोक मण्डल र वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवसहित कार्यपालिका सदस्य, विभिन्न शाखाका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

कर्मचारीहरुमा आईटिओ शाखाका ऋषिकेश यादव, जिन्सी शाखाका रामनरेश ठाकुर, कम्यूटर अपरेटर सँजय यादव, प्रशासन शाखाका लालबाबु पण्डित, प्राविधि शाखाका मुकेश मण्डल, अर्जुन मण्डल, राजेश साह, रेमी परियोजनाका सुनिल पासवान, समाजिक विकास शाखाका विकास ठाकुर, रोजगार शाखाका रँजय मरिता, सुरेन्द्र यादव, कृति चौधरी, स्वास्थ्य शाखाका रविभुषण मण्डल, कृषिका भरत चौधरी लगायतका कर्मचारीहरुले सक्रिय सहयोग गरेका थिए ।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!