जनकपुरधाम/असार १० गते । धनुषाको शहिदनगर नगरपालिकाको १३ औं नगर अधिवेशन विधिवत रूपमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले गरेका थिए।
सो अवसरमा बोल्दै प्रमुख अतिथि समाजबादी नेता यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका कारण देशको ग्रामीण क्षेत्रमे बिकासको गति बढेको कुरा बताउनुभएको छ।
उहाँले संघीयताका कारण मधेश को ग्रामीण क्षेत्रमा विकास निर्माण कार्य मा बृद्धि भएको बताएका छन्।
सो अवसरमा बोल्दै शहिदनगर नगरपालिका का नगर प्रमुख दिनेश प्रसाद यादवले शहिदनगरको एकीकृत विकास निर्माण कार्यक्रम अन्तर्गत आफु सक्दो विकास निर्माण कार्य गरिरहेको कुरा बताउनुभएको छ।
नगर प्रमुख यादवले आफ्नो कार्यकालमा शहिदनगर नगरपालिकाकाको सडक,नाला, शिक्षा, स्वास्थ्य तथा कृषिमा निकै सुधार भएको जानकारी दिएका छन्।
शहिदनगर नगरपालिका का नगर प्रमुख दिनेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको नगर अधिवेशनमा प्रमुख प्राशसकीय अधिकृत उमेश साह,वार्ड नं ३ का वार्ड अध्यक्ष मनोज दास, वार्ड नं ५ का वार्ड अध्यक्ष सुरेश कापर,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजदेव यादव, नेकपा माओवादीका नेता भोला यादव,वार्ड नं ८ का वार्ड अध्यक्ष तनुकलाल कुसयत यादव सहित कार्य पालिका सदस्यहरूले शुभकामना मन्तव्य व्यक्त गरेकाे कुरा कार्यक्रम संचालक रामसिकिल यादवले जनाएका छन्।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि यादवले संघीय लोकतान्त्रिक गणतन्त्रले देशको ग्रामीण क्षेत्रमा विकासको गति तीव्र बनाएको बताए। उनले मधेशका गाउँ शहरमा संघीयताको प्रभावले विकास निर्माणमा उल्लेखनीय वृद्धि भएको धारणा राखे।
कार्यक्रममा नगर प्रमुख दिनेश प्रसाद यादवले आफ्नो कार्यकालमा सडक, नाला, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा महत्त्वपूर्ण सुधार भएको जानकारी दिए। उनले शहिदनगरको एकीकृत विकास योजनाअन्तर्गत निर्माण कार्यलाई तीव्रता दिइएको बताए।
नगर प्रमुख यादवको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत उमेश साह, वडाध्यक्षहरू मनोज दास, सुरेश कापर, तनुकलाल कुसियैत, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजदेव यादव, नेकपा माओवादी केन्द्रका भोला यादव लगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन रामसिकिल यादवले गरेका थिए।
अधिवेशनमार्फत आर्थिक वर्ष २०८२/०८३ का लागि ६२ करोड ७२ लाख ३५ हजार ४ सय ८ रुपैयाँ बराबरको वार्षिक नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरिएको छ।














Discussion about this post