nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बालविवाह, भागी विवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
असार २, २०८२, ८:१५ मध्यान्ह
बालविवाह, भागी विवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

जनकपुरधाम/असार २ गते। लाईफ नेपालको आयोजना र जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा बालविवाह, भागी विवाह तथा दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागि वक्ताहरूले बालविवाह कानुनी र सामाजिक रूपमा अपराध भए पनि जनचेतनाको कमीका कारण अझै पनि मधेस प्रदेशमा यसले जरा गाडेको बताएका छन्। उनीहरूले विवाह संस्कारसँग सरोकार राख्ने सबै पक्षहरूको सामूहिक प्रयासबाट मात्रै बालविवाह र दाइजो प्रथा अन्त्य सम्भव हुनेमा जोड दिए।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले विवाह संस्कारमा संलग्न पण्डित, हजाम, बैण्डबाजा बजाउने व्यक्ति तथा वैवाहिक गीत गाउने गायिकाको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै बालविवाह रोक्न विद्यालयस्तरमै सचेतनामूलक अभियान चलाउने योजना सार्वजनिक गरे। साथै, भागी विवाहका घटनामा बढोत्तरी भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले अब बालविवाहसँगै भागी विवाहका विषयमा समेत छलफल र बहस आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा जनलोकपाल आयोग मधेस प्रदेशका उपसचिव तथा बालविवाह अनुसन्धानकर्ता देवकुमारी खत्रीले मधेस प्रदेशमा २० वर्ष नपुगी विवाह गर्नेहरूको संख्या ४३.६ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरिन्। तीमध्ये महिलाको प्रतिशत ५९.४ तथा पुरुषको १५.८ रहेको जनाइन्। उनले १८ वर्ष नपुगी विवाह गर्नेको दर ३७.२ प्रतिशत रहेको उल्लेख गर्दै मधेसका २० जिल्लामध्ये सबैभन्दा बढी बालविवाह दर धनुषामा ४७.५ प्रतिशत र सबैभन्दा कम सप्तरीमा ३४.८ प्रतिशत रहेको जानकारी दिइन्।

लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले विगतमा गरिएका सचेतनामूलक प्रयासका कारण बालविवाह दरमा केही सुधार देखिएको बताए। उनले यस्तो कार्यक्रमको निरन्तरता र समुदाय स्तरमै प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा सहभागी धर्मगुरु, हजाम समुदाय, होटल सञ्चालक, बैण्डवाजाका साहु, अभिभावक, सुरक्षाकर्मी लगायतका सरोकारवालाहरूले बालविवाह र भागी विवाहको सामूहिक बहिष्कार गर्ने प्रतिबद्धता जनाए। उनीहरूले बालविवाहविरुद्धका सबै गतिविधिमा सक्रिय सहभागिता जनाउने वाचा पनि गरे।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!