गिरिजानन्द साह/जनकपुरधाम/बैशाख २१ गते। ग्यास बिक्रेता संघ, धनुषाको पाँचौं जिल्ला अधिवेशन जनकपुरधाममा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै फुलदेब पंडितलाई संघको अध्यक्षमा निर्वाचित गरेको छ।
नवगठित कार्यसमितिमा राम कुमार साह बरिष्ठ उपाध्यक्ष, श्याम कुमार राउत उपाध्यक्ष, बिक्रम झा महासचिव, र पुरुषोत्तम प्रसाद साह कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।
साथै सदस्य पदमा मंजु देवी महतो, घनश्याम राय, संतोष शिबहरे, रबिन्द्र साह, शेषनारायण झा, दिनेश राय, लालबाबु साह, र ललन साह चयन भएका छन्।
अधिवेशनमा जिल्लाभरका ग्यास व्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। संघले नयाँ नेतृत्वमार्फत व्यवसायीहरूको हक–अधिकार संरक्षण गर्दै उपभोक्ता हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।














Discussion about this post