जनकपुरधाम/वैशाख १३ गते । नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले शनिबार बिहान धनुषा जिल्लाको लक्ष्मिनिया बजारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गर्दै सडकमा आधा घण्टा चक्काजाम गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा लिङ्देनले राजावादी आन्दोलनको सन्दर्भमा कांग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीमा लुटपाट र तोडफोड गरेको भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई कांग्रेस कार्यकर्ताहरूले “गलत र निराधार” रहेकाे भन्दै चक्काजाम सहित धनुषा क्षेत्र नम्बर ४ का अध्यक्ष कुमरकान्त झाकाे नेतृत्वमा प्रदर्शन गरेका हुन ।
उक्त अभिव्यक्तिको विरोधमा कांग्रेस कार्यकर्ताहरूले बिहान ९:३० बजेदेखि १०:०० बजेसम्म पुर्व–पश्चिम राजमार्ग अन्तर्गत लक्ष्मिनिया बजार क्षेत्रमा चक्काजाम गर्दै सरकारसँग लिङ्देनलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका थिए।
प्रदर्शनलाई सम्बाेधन गर्दै क्षेत्रीय अध्यक्ष झाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हाम्रा सहसमहामन्त्रि विरूद्ध दिएकाे झुठाे गलत अभिव्यक्तिकाे विराेधमा सांकेतिक प्रदर्शन गरेका हाै । सरकारले उनलाई तत्काल पक्राउ गरि कारवाही गरिएन भने कडाभन्दा कडा आन्दाेलनमा हामी जानेछाै भने ।
Discussion about this post