nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा विशेष कार्यक्रमसहित विश्व औलो दिवस २०२५ मनाईयो

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १२, २०८२, ९:१४ मध्यान्ह
धनुषामा विशेष कार्यक्रमसहित विश्व औलो दिवस २०२५ मनाईयो

गिरिजानन्द साह/वैशाख १२ गते। विश्व औलो दिवस २०२५ आज धनुषामा विशेष कार्यक्रमसहित मनाइएको छ। जिल्ला स्वास्थ्य निर्देशनालय धनुषाको आयोजनामा भएको कार्यक्रममा निर्देशक श्रवण कुमार नायकको अध्यक्षतामा स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, नागरिक समाजका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

“पुनर्लगानी, पुनःसोच र पुनर्जागरण: हामीबाटै औलो निवारण” भन्ने मूल नारासहित कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा औलो रोगको नियन्त्रण, निवारण र पूर्ण उन्मूलनका लागि नविन रणनीति तथा समुदायमैत्री पहलहरूबारे छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख विपिन कुमार झा रहेका थिए। प्रमुख अतिथि झाले औलो रोगको जोखिम अझै पनि केही भू–भागमा कायमै रहेको उल्लेख गर्दै यसको पूर्ण नियन्त्रणका लागि सरकारी प्रयाससँगै जनस्तरको सहभागिता पनि अपरिहार्य रहेको बताए। उनले भने, “औलोजस्तो रोगको अन्त्य हामी सबैको साझा प्रयासबाट मात्रै सम्भव छ। हामीले अब स्थानीय स्तरमै रणनीति लागू गर्ने ढंगमा अगाडि बढ्नुपर्छ।”

कार्यक्रममा निर्देशक नायकले विगतका वर्षहरूमा जिल्लामा औलो नियन्त्रणका क्षेत्रमा भएका उपलब्धिहरूको समीक्षा गर्दै, अझ प्रभावकारी कार्ययोजना ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले स्वास्थ्यकर्मीहरूको समर्पण र समुदायको सहयोगले धनुषालाई निकट भविष्यमा औलोमुक्त जिल्ला बनाउने लक्ष्य रहेको बताए।

अन्य वक्ताहरूले औलो रोगविरुद्ध जनचेतना अभिवृद्धि, निःशुल्क उपचार तथा कीटनाशक झुल वितरणलगायतका अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

विश्व औलो दिवस हरेक वर्ष अप्रिल २५ मा मनाइन्छ, जसको उद्देश्य औलो रोगविरुद्धको चेतना फैलाउने र यसको अन्त्यतर्फ अग्रसर हुने हो। नेपालमा अझै पनि तराईका केही जिल्लाहरूमा औलोको जोखिम कायम रहेको भन्दै सरकारले निगरानी र रोकथामका कार्यक्रमहरू गर्दै आएको छ।

Tags: धनुषा खबरस्वास्थ्य

Discussion about this post

Related Posts

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति

डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू

गुणस्तरीय शिक्षासँगै विद्यालयमा खेलकुद विस्तार सरकारको प्राथमिकता : मन्त्री सस्मित पोखरेल

गुणस्तरीय शिक्षासँगै विद्यालयमा खेलकुद विस्तार सरकारको प्राथमिकता : मन्त्री सस्मित पोखरेल

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

मानव अधिकार संरक्षणमा सबै निकायको साझा दायित्व हुनुपर्छ : प्रदेश प्रमुख कर्ण

मानव अधिकार संरक्षणमा सबै निकायको साझा दायित्व हुनुपर्छ : प्रदेश प्रमुख कर्ण

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!