बैशाख १३ गते। धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हरि बहादुर ओलीको सरुवा भएको छ। अब उनी अपराध अनुसन्धान विभाग, नक्साल काठमाडौंमा कार्यरत रहनेछन्।
ओलीले धनुषा जिल्लामा कार्यरत रहँदा ट्राफिक सचेतनामा उल्लेखनीय योगदान पुर्याएका थिए। उनले सवारी दुर्घटना न्यूनीकरणमा दिनरात नभनी खटिएर जिल्लावासीको मन जितेका थिए। जनचेतनामूलक कार्यक्रमहरू, विद्यालय तथा सामुदायिक कार्यक्रमहरूमा सहभागी भई ट्राफिक नियमको महत्त्वबारे जानकारी फैलाउँदै आएका उनी, ट्राफिक प्रहरीको अनुकरणीय अनुहारको रुपमा चिनिन्छन्।
उनले कार्यकालभरि दुर्घटनाको दरलाई पहिलेको तुलनामा उल्लेखनीय रूपमा घटाएका थिए। विशेष गरी जोखिमयुक्त क्षेत्रमा सशक्त निगरानी, ट्राफिक शिक्षा र सहकार्यका माध्यमबाट उनले सचेतनामूलक अभियानहरूलाई प्राथमिकतामा राखेका थिए।
उनको सरुवाले धनुषामा एक अनुभवी र समर्पित ट्राफिक प्रहरी निरीक्षकको महसुस गराएको थियो। तर, प्रहरी संगठनमा उनको योगदानको मूल्याङ्कन गर्दै उच्च जिम्मेवारीमा सरुवा गरिएको जनाइएको छ।
धनुषा जिल्लामा उनको सक्रियता र निष्ठापूर्वक काम गर्ने शैलीले उनलाई ‘अब्बल ट्राफिक निरीक्षक’को रूपमा चिनाएका थिए।
Discussion about this post