बैशाख २ गते। नयाँ वर्षको दोस्रो दिन आज मंगलवार मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै छ। एकाबिहानै बुवाआमा, गुरु, मान्यजन एवम् आफूभन्दा जेठा व्यक्तिले सानालाई टाउकोमा पानी छर्किंदै आशिर्वाद दिएर जुडशीतल पर्व मनाइन्छ।
वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै सानालाई आशिर्वाद दिने र सानाले पनि मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहिआएको छ । जुडशीतल पर्वमा एक दिनअघि पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ । तराईका घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ ।
जुडशीतल पर्वलाई वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको छ । शरीरमा हिलो र पानी हाल्नाले स्वास्थ्य लाभ हुने र छालाका रोगहरू समेत नलाग्ने विश्वास रहेको छ ।
Discussion about this post