लखनउ । पति–पत्नीबिच तेस्रो व्यक्तिको प्रवेशले आपराधिक घटना भएका उदाहरण पछिल्लो समय भारतमा प्रशस्त पाइन्छन् । प्रेमी वा प्रेमिकासँग मिलेर पत्नी वा पतिको हत्या गरेका समाचार प्रकाशमा आइरहेका छन् ।
यस्तो अवस्थाका बिच भारतमै एक पुरुषले आफ्नी पत्नीको विवाह गराइदिएको समाचार प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित बबलूले आफ्नै पत्नी राधिकाको विवाह गराइदिएका हुन् ।
बबलू दम्पतीका दुई सन्तान छन् । कामको सिलसिलामा बबलू घर बाहिरै रहने गर्दथे । यस बिचमा राधिकाले अर्कै एक युवकसँग प्रेम गर्न थालिन् । बबलूका परिवारले यो कुरा थाहा पाए । बबलू घरमा आएको मौका छोपेर परिवारले यसबारे जानकारी गराए ।
बबलूले पत्नी राधिकाले जे चाहन्छिन्, त्यही हुन्छ भनेर परिवार र समाजका सामु राधिकाको इच्छा सोधे । राधिकाले आफू प्रेमीसँगै बस्ने इच्छा राखेपछि बबलूले उनको विवाह गरिदिएका हुन् ।
Discussion about this post