गिरिजानन्द साह/फागुन २८ गते। जनकपुरधाम घरजग्गा व्यवसायी संघ द्वारा अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई पानीको बोतल तथा फलफूल (अङ्गुर) वितरण सेवाको सम्पुर्ण तयारी पुरा भएको छ।
बिहान ५ बजे देखि पानीको बोतल तथा फलफूल (अङ्गुर) वितरण कार्यक्रम शुरुवात हुने भए पनि जनकपुरधाम घरजग्गा व्यवसायी संघका अध्यक्ष रन्जित पजियारले बताए ।
जनकपुरधाम घरजग्गा व्यवसायी संघ व्यवसायीहरुको हकहितको कार्य गर्दैगर्दा सामाजिक काम पनि निरन्तर रुपमा गर्ने कुरा संघका अध्यक्ष रन्जित कुमार पन्जियारले बताएका छ्न।
मिथिलाञ्चलको १५ दिने मध्यमा परिक्रमा आज जनकपुरधाम आइपुगेको छ ।भोेली शुक्रबार बिहानै जनकपुरको अन्तगृह परिक्रमा गरेसंगै मिथिलाञ्चलको सबैभन्दा ठूुलोे धार्मिक पद यात्रा सम्पन्न हुनेछ। विश्वकै सबैभन्दा ठूलो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला मध्यमा परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ ।
Discussion about this post