गिरिजानन्द साह/जनकपुरधाम/फागुन २८ गते। नेपाल औषधि व्यवसायी संघ धनुषा शाखाले आयोजना गरेको होली मिलन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ। बुधबार संघको कार्यालयमा संघका अध्यक्ष प्रमोद कुमार आग्रवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
होली मिलन समारोहमा संघका पदाधिकारीहरू, सदस्यहरू तथा विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकआपसमा अबिर दलेर आत्मीयता साटासाट गरे। रंग र उमंगको पर्वका रूपमा मनाइने होलीको अवसरमा उपस्थित व्यक्तिहरूले उल्लासपूर्वक रंग लगाएर खुशीयाली व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ धनुषा शाखाका अध्यक्ष प्रमोद कुमार आग्रवाल, निवर्तमान अध्यक्ष सत्यनारायण साह, बरिष्ठ उपाध्यक्ष राजकिशोर साह, थोक विक्रेता तर्फका बरिष्ठ उपाध्यक्ष सन्तोष कुमार साह, खुद्रा विक्रेता तर्फका उपाध्यक्ष रामनाथ प्रसाद साह, सचिव डा. सरोज राय यादव, कोषाध्यक्ष चन्द्र भुषण प्रसाद साह, सहसचिव मणिशंकर प्रसाद साह, सह-कोषाध्यक्ष बिनोद कुमार पंजियार, थोक विक्रेता तर्फका सदस्य प्रमोद ठाकुर, खुद्रा विक्रेता तर्फका सदस्य जय शंकर साह, संजय जलान, मनोहर ठाकुर, धैर्यकान्त झा, विजय कुमार साह तथा संघका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा पाल औषधि व्यवसायी संघ धनुषा शाखाका विशिष्ट व्यक्तिहरूले होलीको महत्वबारे मन्तव्य राख्दै आपसी सद्भाव र भाइचारालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। संघका अध्यक्ष प्रमोद कुमार आग्रवालले होली पर्व आपसी प्रेम, सद्भाव र मेलमिलापको प्रतीक भएको बताउँदै व्यवसायीहरूबीच आपसी समझदारी र सहकार्यलाई अझ सुदृढ बनाउने संदेश दिए। उनले संघको तर्फबाट सबै व्यवसायीहरूलाई सुखद होलीको शुभकामना व्यक्त गरे। कार्यक्रममा सहभागीहरूले संघद्वारा आयोजित होली मिलन समारोहको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले व्यवसायीहरूबीचको सम्बन्धलाई अझ बलियो बनाउने धारणा व्यक्त गरे। यो उत्सवमय माहोलले उपस्थित सबैलाई उल्लासित बनाएको थियो भने अन्त्यमा सामूहिक भोजको समेत आयोजना गरिएको थियो।
Discussion about this post