जनकपुरधाम/माघ १३ गते। धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ। धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरकी २९ वर्षीया श्रीमती, जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी सँगीता ठाकुरको हत्या भएको छ।
इलाका प्रहरी कार्यालय धनुषाधामका अनुसार प्रारम्भिक अनुसन्धानमा राति करिब २:३० बजे देवलाल ठाकुर र उनकी पत्नी संगीताबीच झगडा भएको थियो। झगडाका क्रममा देवलालले लौरोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेको आशंका गरिएको छ।
घटनामा संलग्न देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयहरूले बताएका छन्। प्रहरीले देवलाललाई पक्राउ गरी घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ।
हत्या भएकी महिलाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ।















Discussion about this post