पुस २६ गते। धनुषा ट्राफिक प्रहरीले जनकपुरधाममा सवारी चेकजाँचमा कडाइ गरेको छ । जनकपुरधामकाे मुख्य क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ । ट्राफिक प्रहरीले सवारी लाइसेन्स र मादक पदार्थ सेवन (मापसे) परीक्षणकडाइका साथ गरिरहेको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न सवारी साधनहरू लाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत निगरानी बढाइएको धनुषा ट्राफिकले बताएको छ । साँझ भने दिनहुँजसो ट्राफिक टोली जनकपुरधाम काे विभिन्न चोकचोकमा मापसे चेकजाँच काे अभियानलाई अगाडि बढाएको छ । तीव्र गतिमा सवारीसाधन चलाउने, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिने गरेको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरि बहादुर वलीले बताए ।
सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालय धनुषाकाे विभिन्न फरक–फरक स्थानमा जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको वलीले बताए । विभिन्न सार्वजनिक स्थान, स्कुल–कलेज र चालक परिचालकहरु लाई ट्राफिक नियम एवं सुरक्षा सावधानीका लागि जनचेतना मूलक कार्यक्रमहरु गर्दै आएका छन् । यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरि बहादुर वलीले बताएको छ ।
















Discussion about this post