जनकपुरधाम/गिरिजानन्द साह/मङ्सिर २३ गते । जनकपुर जेसिज वर्ष २०२४ को आयोजनामा संसदीय प्रणालीसम्बन्धी तालिम सम्पन्न भएको छ। उक्त तालिम नेपाल जेसिजका प्रशिक्षक जेसी सिनेटर मनिष रमण साहको प्रशिक्षणमा सम्पन्न भएको हो।
तालिमको उद्घाटन जनकपुर जेसिज वर्ष २०२२ का अध्यक्ष जेसी सुधीर पजियारको प्रमुख आतिथ्यतामा गरिएको थियो। तालिमको अध्यक्षता जनकपुर जेसिजका अध्यक्ष जेसी यातोस साहले गरेका थिए भने संयोजन जनकपुर जेसिजका भिपी जेसी मनोहर ठाकुरले गरेका थिए।
कार्यक्रममा जनकपुर जेसिजका पूर्व अध्यक्षहरु जेसी शंकर साह र जेसी मनोज साह अतिथि रहेको थियो। साथै, जनकपुर जेसिजका बोर्ड सदस्यहरू जेसि मुकेश कुमार साह, जेसि राहुल निधी, जेसि कमल मण्डल, जेसि रञ्जित पजियार, जेसि मनोहर ठाकुर लगायतका सदस्यहरू तथा अन्य प्रशिक्षार्थीहरूको पनि उपस्थिति रहेको थियो। तालिमले संसदीय प्रणालीबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाइएको छ।
Discussion about this post