कार्तिक २९ गते। सर्लाहीबाट ११ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको हरीहरपुर गढी गाउँपालिका–८, पाँचत निवासी २९ वर्षीय वाङ दोर्जे थिङ र सर्लाही हरीवन नगरपालिका–४ का ३० वर्षीय सागर लामा रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मलंगवाका अनुसार उनीहरूलाई बरहथवा नगरपालिका–१६ गंगापुरस्थित बागमती नहर क्षेत्रमा बा.प्र.०२–०२१ प २४४४ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा पक्राउ गरिएको हो । उनीहरूका साथबाट कालो झोलामा राखिएको ११ किलो गाँजा दुई पोकामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले सर्लाही अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ।
Discussion about this post