गिरिजानन्द साह/कार्तिक १३ गते। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख हरी ओलीको नेतृत्वमा जनकपुरधामका विभिन्न विद्यालयका छात्र–छात्रालाई सवारी दुर्घटना रोकथाम र न्यूनिकरणका लागि विशेष प्रशिक्षण प्रदान गरिएको छ।
मिति २०८१/०७/०३ मा शुरू गरिएको यो प्रशिक्षण कार्यक्रम, Regional English Language Office र ACCESS Alumini Janakapurdham को सहकार्यमा सम्पन्न भएको थियो। आज मिति २०८१/०७/१३ मा प्रशिक्षण प्राप्त गरेका विद्यार्थी स्वयंसेवकहरूले जनकपुरधामका महत्वपूर्ण क्षेत्रहरू—जस्तै रेल्वे ट्र्याक र कुवा बजार क्षेत्रमा—ज़ेब्रा क्रसिङ निर्माण गरेका छन्। यो कार्यले पैदलयात्रीहरूको सुरक्षा सुनिश्चित गर्दै सवारी साधनहरूलाई पनि अनुशासित बनाउने अपेक्षा गरिएको छ।
प्रमुख हरी ओलीले विद्यार्थीहरूलाई केवल ट्राफिक नियमहरूबारे जानकारी दिन मात्र नभई, व्यवहारिक कार्यमा संलग्न गराई उनीहरूको नेतृत्व र सामाजिक चेतना अभिवृद्धि गर्ने प्रयास गरेका छन्। उनले विद्यार्थी स्वयंसेवकहरूको यो प्रयासलाई सम्पूर्ण जनकपुरमा फैलाउने र ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने योजना रहेको जनाएका छन्।
Discussion about this post