सप्तरी/असोज १२ गते । कोसीको पश्चिमी तटबन्धमा कटान सुरु भएको छ । पश्चिमी तटबन्धअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कंकालिनी भगवती मन्दिरभन्दा करिब एक किलोमिटर उत्तर तटबन्धमा सिपेज भएर कटान सुरु भएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले सिपेज भएर कटान हुन थालेपछि उक्त क्षेत्र मर्मतका लागि भारतीय कोसी योजनालाई जानकारी गराएको बताए । उक्त क्षेत्रको मर्मतको कार्य भारतीय कोसी योजनाको जिम्मेवारीभित्र पर्छ ।
Discussion about this post