जनकपुरधाम/श्रावण १५ गते। जनकपुरधाममा मिथिला फेस्ट आयोजना हुने भएको छ । जनकपुरधामका युवाहरूको आयोजनामा मिथिला फेस्ट हुने गइरहेको छ ।
फेस्ट बारेमा जानकारी दिने उद्देश्यलेबजनकपुरधाममा आयोजक युवाहरूले आयोजना गरेको युवा सम्मेलनमा दुइ दिनसम्म चल्ने र फेस्टमा विभिन्न समसामयिक विषयहरूमा मन्थन तथा विमर्श गरिने भएको छ ।
पहिले पटक आयोजना हुन लागेको मिथिला फेस्टमा विद्यालय स्तरीय वक्तृत्व कलाको समापन कार्यक्रम हुनेछ र पर्यावरण, समावेशिताको परिकल्पना र अभ्यास, राजनीतिक अभियान र अवसर, आफ्नो समाजलाई फर्केर हेर्दा, घुघट प्रथा, अन्तरविद्यालय कविता प्रतियोगिता, युवा संस्कार र परिकार, मैथिली साहित्य र रङ्गमञ्चको यात्रा हुने भएको आयोजकले जनाएको छ । साथै विविध संस्कृतिक कार्यक्रम र सौन्दर्य प्रतियोगिता पनि हुने आयोजक मिथिला फेस्ट परिवारले जानकारी दिनुभयो ।
Discussion about this post