श्रावण ७ गते। आज साउन महिनाको पहिलो साेमवार , साउने साेमवार व्रत बसी शिवजीकाे पूजा आराधना गर्ने धार्मिक परम्परा रहि आएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा अवस्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा श्रद्धापूर्वक पूजापाठ गर्न काे लागी आज बिहानैदेखि दर्शनार्थीकाे घुइँचो लागेको छ । प्रत्येक वर्ष झैँ यस वर्ष पनि कपिलेश्वरनाथ महादेव मन्दिरमा मेलाको आयोजना भएको छ।साथै आज साउन ७ गते सोमबारबाट साउन महिना भरी भव्य सन्ध्या आरतीको आयोजना गरिएको छ । स्थानीय कपिलेश्वरनाथ युवा कमिटिका युवाहरुले प्राचिन यो मन्दिरको ऐतिहासिकताको प्रचार प्रसार गर्ने उद्देश्यले प्रत्येक वर्ष शिवरात्री मेलाका साथै साउन महिनाको सोमबारी मेलाको भव्य आयोजन गर्दै आईरहेको र यस बर्ष पनि भव्य आयोजन गरेको छ ।
श्रद्धालु भक्तजनलाई भगवान शिवको दर्शन गर्दा असहज परस्थितिको सिर्जना नहोस त्यसका लागि राम्रो व्यवस्था समेत मिलाइएको कपिलेश्वरनाथ युवा कमिटिका अध्यक्ष मनोज साहले बताए ।त्रेता यूगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कूनामा महादेव मन्दिरको स्थापना गरेका थिए । जसमध्ये कपिलेश्वर नाथ महादेव मन्दिरको स्थापना समेत गरेका थिए ।
हिन्दु धर्ममा श्रावण साेमबारे व्रतकाे विशेष महत्व छ ।श्रावण महिनाकाे याे पहिलो साेमबार आज साउन ७ गते व्रत बस्नाले सन्तान सुख, धन , निराेगी र मनाेकांक्षीत जीवन साथी प्राप्त हुने विश्वास गरिन्छ । साथै दाम्पत्य जीवनको दाेष र अकाल मृत्यु जस्तो संकटलाई टाढा भगाउँछ ।
Discussion about this post